+

नेपाली प्रशिक्षकले भने : फ्रिकिकमा गोल खानु नै गेम चेन्जिङ मोमेन्ट

२०८१ भदौ  १२ गते १८:०२ २०८१ भदौ १२ गते १८:०२
नेपाली प्रशिक्षकले भने : फ्रिकिकमा गोल खानु नै गेम चेन्जिङ मोमेन्ट

१२ भदौ, काठमाडौं । साफ यू–२० च्याम्पियनसीपको फाइनलमा नेपाल, बंगलादेशसँग ४–१ गोल अन्तरले पराजित भयो ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलको पहिलो हाफको इन्जुरी टाइममा नेपालले गोल खाएको थियो । प्रशिक्षक उर्जन श्रेष्ठ त्यही गोल गेम चेन्जिङ मोमेन्ट बनेको बताउँछन् ।

‘पहिलो हाफमा राम्रो भइराखेको थियो । फ्रिकिकमा गोल खानु नै गेम चेन्जिङ मोमेन्ट भयो’ उनले भने, ‘हामीले मार्क गरिरहेको १० नम्बरलाई फल गर्नुपर्ने जरुरी नै थिएन ।’

मिराजुललाई फल गरेपछि बंगलादेशले फ्रिकिक पाएको थियो । डिबक्स बाहिर पाएको फ्रिकिकमा मिराजुल नै उत्कृष्ट गोल गरे । यो गोलसँगै नेपाल दास्रो हाफमा दबावमा आयो । गोल फर्काउन आक्रमक खेल खेलेको थियो, तर काउन्टरमा बंगलादेशले गोल गर्‍यो । ‘दोस्रो हाफमा योजना अनुसार खेल्न नसक्दा चुक्यो जस्तो लाग्छ’, प्रशिक्षक श्रेष्ठले भने, त्यो गोल नभाको भए हामी दोस्रो हाफमा योजना अनुसार खेल्थ्यौं ।’

कप्तान कुशल देउवाले नतिजाबाट निपराश रहेको बताए । उनले अगाडि भने, ‘फ्यानहरुलाई सरी भन्न चाहन्छौं, हामीले आफ्नो गेम देदाउन सकेनौं ।’

यु-२० साफ च्याम्पियनसिप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय