+
+

नेपाललाई जापानले ४२ करोड रुपैयाँ अनुदान दिने

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १२ गते १८:०४

१२ भदौ, काठमाडौं । जापान सरकारले नेपाललाई करिब ४२ करोड ३० लाख नेपाली रुपैयाँ (४५ करोड ४० लाख जापानी येन) बराबरको अनुदान सहायता उपलब्ध गराउने भएको छ ।

मानव संशाधन विकास छात्रवृत्ति (जेडीएस) परियोजना अन्तर्गत उक्त अनुदान सहायत उपलब्ध गराउने भएको हो ।

अर्थ मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरे र नेपालका लागि जापानी राजदूत किकुता युताकाले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

छात्रवृत्ति कार्यक्रम अन्तर्गत नेपाल सरकारका प्रतिस्पर्धी युवा अधिकृत कर्मचारीहरूले जापानका विभिन्न विश्व विद्यालयहरूमा २ वर्षको स्नातकोत्तर तह तथा तीन वर्षको विद्यावारिधी (पीएचडी) तहमा अध्ययन गर्ने अवसर प्राप्त गर्नेछन् ।

जापानले सन् २०१६ देखि छात्रवृत्ति कार्यक्रम अन्तर्गत अनुदान सहयोग गर्दै आएको छ । जसबाट १६५ विद्यार्थीले उच्च शिक्षा हासिल गरेका छन् ।

नयाँ सम्झौता अन्तर्गत थप २२ विद्यार्थीले अध्ययनका लागि छात्रवृत्ति प्राप्त गर्नेछन् ।

हस्ताक्षर समारोहमा अर्थ मन्त्रालयका सचिव डा. घिमिरेले छात्रवृत्ति कार्यक्रमले नेपालको निजामती सेवाको क्षमता अभिवृद्धि गर्ने विश्वास व्यक्त गरे ।

राजदूत युताकाले जेडीएस स्नातकहरूले नेपालको विकासमा महत्त्वपूर्ण प्रभाव पार्ने बताए ।

उनले दुई देशबीचको लामो समयदेखिको सहयोगात्मक सम्बन्धलाई अझ प्रगाढ बनाउने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?