+
+

बालिकालाई यौन व्यवसायमा लगाएको आरोपमा होटल सञ्चालक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १२ गते १८:१०

१२ भदौ, काठमाडौं । बालिकाहरुलाई यौन व्यवसायमा लगाएको आरोपमा प्रहरीले दुई होटल सञ्चालकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा रामेछापका २८ वर्षीय गोरे नेवा खड्गी र सिन्धुलीको कमलामाई नगरपालिका–४ का ४२ वर्षीय राजु शाही छन् ।

उनीहरुलाई मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले पक्राउ गरेको हो । उनीहरुले कोटेश्वरमा कमलामाई खाजा घर एण्ड गेस्ट हाउस सञ्चालन गरेका थिए ।

बालिकाहरुलाई होटलको कामको बहानामा आर्थिक प्रलोभन देखाएर यौन व्यवसायमा लगाएको पाइएको ब्यूरोका एसपी तथा प्रवक्ता गौतम मिश्रले बताए ।

उनीहरुले अन्य होटल गेस्ट हाउस तथा ग्राहकले बोलाएको ठाउँमा बालिकाहरुलाई पठाएको पनि पाइएको उनले बताए । उनीहरुको गेस्ट हाउसबाट प्रहरीले ५ बालिका उद्धार गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?