+
+

बंगलादेश सरकारले जमात–ए–इस्लामीमाथि लगाएको प्रतिबन्ध हटायो

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १२ गते १८:१८

१२ भदौ, काठमाडौं । बंगलादेशको अन्तरिम सरकारले जमात–ए–इस्लामी पार्टीमाथि लगाएको प्रतिबन्ध हटाएको छ ।

गृह मन्त्रालयले सूचना जारी गर्दै जमात–ए–इस्लामी र यसको विद्यार्थी संगठन इस्लामी छात्र शिविरमाथि लगाएको प्रतिबन्ध हटाएको हो ।

जमात, शिविर र यसको प्रमुख संगठनहरु आतंकवादी गतिविधिमा संलग्न रहेको प्रमाण नभएको भन्दै सूचनामा भनिएको छ, ‘यो संगठन आतंकवादी गतिविधिमा संलग्न छैन भन्ने सरकारको विश्वास छ ।’

शेख हसिना सरकारले १ अगष्टमा जमात–ए–इस्लामीका साथै छात्र शिविरका संगठनहरुलाई राजनीतिक गतिविधिमा भाग लिन प्रतिबन्ध लगाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?