+
+

जिकर गाडीको आधिकारिक वितरक ‘पायोनियर मोटो कर्प’

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १२ गते ८:४५

काठमाडौं । चीनको अग्रणी अटोमोबाइल निर्माता गिली ग्रुप अन्तर्गतको प्रिमियम लक्जरी ईभी ब्रान्ड जिकर र नेपालको अग्रणी अटोमोबाइल वितरक पायोनियर मोटोकर्प प्रालिबीच सम्झौता भएको छ । सम्झौता अनुसार नेपालका लागि जिकर गाडीको आधिकारिक वितरक पायोनियर मोटो कर्प बनेको छ ।

चीनको हाङजोउमा आयोजित समारोहमा निर्माता पक्षबाट जिकर युरोएसियाका महाप्रबन्धक जेफ काओ, जिकर साउथका क्षेत्रीय निर्देशक फेलिक्स हु र जिकर युरो एसियाका क्षेत्रीय मार्केटिङ निर्देशक रान्डोल लेङ उपस्थित थिए ।

नेपालबाट पायोनियर मोटोकर्प प्रालिको प्रतिनिधित्व गर्दै प्रबन्ध निर्देशक सन्दीपकुमार शारडा र निर्देशक गौरव शारडा उपस्थित थिए ।

सम्झौता समारोहको सुरुवातमा पायोनियर मोटोकर्प र जिकर दुवै कम्पनीहरूको प्रतिनिधिद्वारा आपसी सम्मान र साझा दृष्टिकोणलाई उजागर गर्ने स्वागत मन्तव्य राखिएका थिए ।

दुई कम्पनीबीच आपसी सहकार्यमार्फत विद्युतीय प्रविधि तथा गाडीको प्रबर्द्धन गर्ने प्रतिबद्धतासहित नेपालमा वितरणका लागि सम्झौतामा औपचारिक हस्ताक्षर गरिएको थियो ।

अटोमोटिभ तथा मोबिलिटी क्षेत्रमा एक नयाँ अध्याय र एक महत्त्वपूर्ण अलायन्स सुरुवातको उत्सवस्वरूप ‘स्याम्पेन टोस्ट’ सहित समारोहको अन्त्य गरिएको थियो ।

पायोनियर मोटोकर्पका प्रबन्ध निर्देशक सन्दीपकुमार शारडाका अनुसार चीनको प्रिमियम ईभी ब्रान्ड जिकरको आधिकारिक वितरणको जिम्मेवारी पाएकोमा खुसी व्यक्त गरे ।

पायोनियर मोटोकर्पले नाडा अटो शोमा सो गाडी सार्वजनिक गरेको छ । जिकर एक्स नयाँ ठाउँ, नयाँ भू-भाग तथा नयाँ वातावरण अनुभव गर्न खोज्ने व्यक्ति तथा परिवारका लागि उत्तम एसयूभी भएको कम्पनीको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?