+

खेलकुद संघहरूको विकासले मात्र खेलको प्रवर्द्धन गर्न सकिन्छः खेलकुदमन्त्री चौधरी

२०८१ भदौ  १२ गते २०:०० २०८१ भदौ १२ गते २०:००
खेलकुद संघहरूको विकासले मात्र खेलको प्रवर्द्धन गर्न सकिन्छः खेलकुदमन्त्री चौधरी

१२ भदौ, काठमाडौँ । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले खेलकुद क्षेत्रको विकासका लागि खेलसँग आबद्ध सबै सङ्घहरूले थप प्रभावकारी काम गर्नुपर्ने बताएका छन् ।

नेपाल ओलम्पिक कमिटी (एनओसी) द्वारा बुधबार आयोजित सम्मान कार्यक्रममा मन्त्री चौधरीले खेलकुद सङ्घहरूको प्रगति र विकासले मात्र समग्र खेल क्षेत्रको प्रवर्द्धन गर्न सकिने बताए । उनले आफू मन्त्री बनेको करिब डेढ महिनामा भएको र खेलकुद ऐन, नियमावलीलगायतका अध्ययन गरिरहेको तथा यसमै टेकेर नेपाली खेलकुदको विकासमा आफूले भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे ।

एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठले मन्त्री चौधरीलाई सम्मानपत्र प्रदान गरे । उनले मन्त्री चौधरीको कार्यकाल सफलताको शुभकामना व्यक्त गर्दै नेपाली खेलकुदको विकासका लागि खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद् र नेपाल ओलम्पिक कमिटीबीच समन्वय हुनु आवश्यक रहेको विचार व्यक्त गरे ।

विभिन्न खेल सङ्घका अध्यक्ष, महासचिव र अन्य पदाधिकारीको सहभागिता रहेको कार्यक्रममा मन्त्री चौधरीलाई सम्मान गरिएको थियो ।

खेलकुद संघ तेजुलाल चौधरी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय