+
+

सशस्त्र प्रहरीका ४ डीआईजीको सरुवा

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १२ गते २०:५६

१२ भदौ, काठमाडौं ।  चार जना सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी)को सरुवा भएको छ ।

गृहमन्त्रीस्तरको भदौ १२ गतेको निर्णय अनुसार ४ जना सशस्त्र प्रहरी नायव महानिरीक्षकको  सरुवा भएको हो ।

सशस्त्र प्रहरी मुख्‍यालयका अनुसार सशस्त्र प्रहरी बल नेपाल नं-५ विन्ध्यवासिनी बाहिनी मुख्‍यालय रुपन्देहीमा कार्यरत डीआईजी अभिकुमार खत्रीलाई प्रधान कार्यालयस्थित मानव स्रोत साधन विभागमा ल्याइएको छ ।

सशस्त्र प्रहरी बल, नेपाल नं.६ महेश्वरी बाहिनी मुख्‍यालय सुर्खेतमा कार्यरत डीआईजी दुर्गाप्रसाद भट्टराईलाई राष्ट्रिय सुरक्षा परिषद्‌को सचिवालय सिंहदरबारमा सरुवा गरिएको छ ।

सुरक्षा परिषद्‌मा रहेका डीआईजी प्रदीपकुमार पाललाई सशस्त्र प्रहरी बल नेपाल नं‌-५ विन्ध्यवासिनी बाहिनी मुख्‍यालय रुपन्देहीमा पठाइएको छ ।

त्यसैगरी सशस्त्र प्रहरी बलको प्रधान कार्यालय स्रोत साधन विभागमा कार्यरत डीआईजीलाई सशस्त्र प्रहरी बल नेपाल नं-६ महेश्वरी बाहिनी मुख्‍यालय सुर्खेतमा सरुवा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?