+
+

तेस्रो चरणको पार्टी कार्यक्रम सार्वजनिक गर्ने एमालेको तयारी

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १२ गते २१:०२

१२ भदौ, काठमाडौं । गत आमचुनाव-०७९ पछि दुई चरणको अभियान पूरा गरिसकेको नेकपा एमालेले तेस्रो चरणको कार्यक्रम ल्याउने तयारी गरेको छ ।

सरकारको नेतृत्व गरिरहेको एमालेले तेस्रो चरणको कार्यक्रम आगामी चुनाव २०८४ सम्मकै लागि ल्याउने भएको छ । तेस्रो चरणको कार्यक्रमबारे निर्णय लिन भोलि (बिहीबार) १ बजे सचिवालय बैठक बोलाइएको छ ।

‘केन्द्रीय कार्यालयको बैठकले पार्टीको आगामी कार्यक्रमबारे सचिवालयले निर्णय गर्ने एजेण्डा तय गरेको छ’, केन्द्रीय कार्यालय सचिव डा.भीष्म अधिकारीले भने । उनका अनुसार आमचुनाव ०८४ लक्षित हुनेछ ।

गत चुनावमा अपेक्षित नतिजा नआएपछि नै एमालेले मिसन ०८४ को अभियान सुरु गरेको थियो । पहिले दुई महिने मिसन ग्रासरुट अभियान सञ्चालन लगत्तै मिसन ०८४ को लक्ष्य सार्वजनिक भएको थियो ।

मिसन ०८४ को अभियान अन्तर्गत गत असारसम्म एकवर्षे विशेष अभियान एमालेले चलायो । यो अभियानमा फरक भूगोलमा नेताहरुलाई पराजित गरी नेतृत्व पुनर्गठन, संगठन विस्तार र सदस्यता शुद्धीकरणको अभियान चलाइएको थियो ।

तेस्रो चरणको अभियानमा भने नेताहरुलाई आफ्नै भूगोलको जिम्मा दिइनेछ । गत १७ असारकै बैठकले नेताहरुलाई आफ्नो पायक पर्ने क्षेत्रकै जिम्मेवारी दिइएको छ । अबको सचिवालय बैठकले ती नेताहरुले गर्ने कार्यक्रम सार्वजनिक गर्ने तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?