+
+

कोशी, गण्डकी, लुम्बिनी र कर्णालीका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १३ गते ६:५८

१३ भदौ, काठमाडौं । आज कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

वर्षाबाट दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना छ । त्यसैले भारी वर्षाबाट हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरो, भू-क्षय जस्ता प्रकोपको जोखिमबाट बच्न विभागले सबैलाई अनरोध गरेको छ ।

विभागका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको दक्षिणतिर र पूर्वतिर सरदर स्थानको आसपास अवस्थित छ । त्यसको प्रभावले हाल देशभर आंशिकदेखि साधारणतया बदली छ । गण्डकी र बागमती प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा पनि भइरहेको छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसमी बुलेटिनमा लेखिएअनुसार आज दिउँसो देशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । तर, कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक-दुई स्थानमा भने भारी वर्षाको सम्भावना छ । आज राति भने बागमती प्रदेशका केही स्थानहरूमा पनि हल्कादेखि मध्यम खालको वर्षाको सम्भावना छ ।

सोमबार दिउँसो मधेश, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ । तर सोमबार रातिमा भने कोशी प्रदेशका एक-दुई स्थानमा मात्र भारी वर्षाको प्रक्षेपण छ ।

मंगलबार दिउँसो कोशी र मधेश प्रदेशका एक-दुई स्थानमा तथा मंगलबार राति कोशी, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?