+

घरेलु मैदानमै स्पानयोलसँग बराबरीमा रोकियो एट्लेटिको मड्रिड

२०८१ भदौ  १३ गते ८:०७ २०८१ भदौ १३ गते ८:०७
घरेलु मैदानमै स्पानयोलसँग बराबरीमा रोकियो एट्लेटिको मड्रिड

१३ भदौ, काठमाडौं । स्पानिस ला लिगामा एट्लेटिको मड्रिडले स्पानयोलसँग बराबरी खेलेको छ । बुधबार राति घरेलु मैदानमा भएको खेलमा एट्लेटिकोले स्पानयोलसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको हो ।

खेलको ५४औं मिनेटमा एट्लेटिकोका रोड्रिगो रिक्वेल्मेले गोल गरेपनि भिएआरले मान्तया नदिंदा एट्लेटिकोले अग्रता लिने अवसर गुमाएको थियो ।

नयाँ सिजन एट्लेटिकोको यो दोस्रो बराबरी हो । तीन खेल खेलिसकेको एट्लेटिको ५ अंकसहित चौथो स्थानमा उक्लेको छ । समान खेलबाट शतप्रतिशत जितसहित ९ अंक जोडेको बार्सिलोना शीर्ष स्थानमा छ ।

एट्लेटिको मड्रिड स्पानयोल स्पानिस ला लिगा
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय