+
+

एकीकृत समाजवादीका पदाधिकारी र पोलिटब्युरो सदस्यको शपथ आज, लगत्तै केन्द्रीय समिति बैठक बस्ने

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १३ गते ८:३९

१३ भदौ, काठमाडौं । नेकपा एकीकृत समाजवादीको नवनिर्वाचित पदाधिकारी र पोलिटब्युरो सदस्यहरुको आज शपथ ग्रहण हुँदै छ । शपथ लगत्तै केन्द्रीय कमिटी बैठक बस्ने छ ।

त्यसका लागि आज बिहान ११ बजे नयाँबानेश्वरस्थित अर्पण बैंक्वेटमा भेला हुन पार्टी पदाधिकारी, पोलिटब्युरो र केन्द्रीय कमिटी सदस्यहरुलाई भनिएको छ ।

उपाध्यक्ष जगन्नाथ खतिवडाका अनुसार बैठकमा नेताहरुको जिम्मेवारी बाँडफाँट र पार्टीको आगामी योजनाबारे छलफल गर्ने तयारी छ । खासगरी पदाधिकारी र पोलिटव्युरोमा चुनावी प्रतिस्पर्धा गरेका तर पराजित भएकाहरुलाई व्यवस्थापनको विषयमा छलफल गर्ने नेताहरुको भनाइ छ ।

नवनिर्वाचित पोलिटव्युरो सदस्य सुदेश पराजुलीका अनुसार आज शपथ ग्रहणपछि बस्ने बैठकमा नेताहरुको योगदानका आधारमा जिम्मेवारी तोक्ने र पार्टीका आगामी योजना तथा कार्यक्रमबारे छलफल गर्ने तयारी छ ।

एकीकृत समाजवादीले केन्द्रीय कमिटीका सबै सदस्यहरुलाई अनिवार्य उपस्थित हुन भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?