+
+

तरकारी खेतीमा विषादीको अवस्था अध्ययन गर्न समिति गठन

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १३ गते ९:५७

१३ भदौ, काठमाडौं । गोरखाको गण्डकी गाउँपालिकामा विषादी प्रयोगले कृषकको स्वास्थ्यमा देखिएको समस्याको अध्ययन गर्न पाँच सदस्य समिति गठन गरिएको छ ।

तरकारी खेतीमा धेरै विषादी प्रयोग गर्दा कृषककै स्वास्थ्यमा गम्भीर समस्या आएको समाचार आएपछि कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले वरिष्ठ बाली संरक्षण अधिकृत मनोज पोख्रेलको संयोजकत्वमा पाँच सदस्य कार्यदल गठन गरेका हुन् ।

कृषिमन्त्री अधिकारीले एउटै गाउँपालिकाका ६१ जना तरकारी किसानमा क्यान्सर र १५ जनाको मिर्गौला फेल भएको समाचार आएलगतै बसेको बैठकले पोख्रेलको संयोजकत्वमा समिति गठन गरेको हो । पोख्रेल प्लान्ट क्वारेनटाइन तथा विषादी व्यवस्थापन केन्द्रका वरिष्ठ बाली संरक्षण अधिकृत हुन् ।

कार्यदलमा डा. काशीनाथ चिलुवाल, वैज्ञानिक, नेपाल कृषि अनुसन्धान परिषद्, रिजन कार्की, खाद्य अनुसन्धान अधिकृत, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, विवेक सुनार बाली संरक्षण अधिकृत, केन्द्रीय कृषि प्रयोगशाला र माधव भट्ट बाली संरक्षण अधिकृत, प्लान्ट क्वारेनटाइन तथा विषादी व्यवस्थापन केन्द्र रहेका छन् ।

कार्यदललाई प्रभावित भनिएको स्थानमै पुगेर वास्तविक अवस्थासहितको प्रतिवेदन पेस गर्न भनिएको छ । पोख्रेल नेतृत्वको कार्यदल बुधबार नै प्रभावित ठाउँ पुगेर काम सुरू गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?