+
+

सप्तरीमा बँदेल मारेको आरोपमा पूर्वडीआईजीमाथि छानबिन

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १३ गते ११:०८
फाइल फोटो ।

१३ भदौ, काठमाडौं । सप्तरीमा जंगली बँदेल मारेको आरोपमा पूर्वडीआईजी, सईसहितका व्यक्तिमाथि छानबिन अघि बढाइएको छ ।

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ भारदह योगिनायाँ कोशी पलार क्षेत्रमा जंगली बँदेल मारेको आरोपमा प्रहरीले छानबिन सुरु गरेको हो । प्रहरी स्रोतका अनुसार पूर्वडीआईजी ज्ञानविक्रम शाहसहि १० जनामाथि प्रहरीले छानबिन अघि बढाएको छ ।

सुनसरीको इटहरी उपमहानगरपालिका–२ घर भएका ६१ वर्षीय पूर्वडीआइजी शाहसहित बहालवाला सई विराटनगर महानगरपालिका–३ का ४४ वर्षीय सञ्जय न्यौपाने, सप्तरीको तिरहुत गाउँपालिका–१ का ५१ वर्षीय लक्ष्मण मण्डल, हुनमाननगर कंकालिनी नगरपालिका–१ का ५० वर्षीय लक्ष्मण मण्डल, हुनमाननगर कंकालिनी–२ का ५१ वर्षीय जनार्दन राउत, हुनमाननगर कंकालिनी–३ का ५१ वर्षीय शंकरप्रसाद यादव छन् ।

त्यस्तै,  हुनमाननगर कंकालिनी–५ का २३ वर्षीय ओमशंकर प्रसैला, हुनमाननगर कंकालिनी–८ का ३७ वर्षीय आकाश यादव, राजविराज नगरपालिका–७ का २५ वर्षीय रविन दास र सुनसरीको इटहरी पमहानगरपालिका–२० का ३३ वर्षीय प्रदीप लिम्बु पनि छानबिनका लागि प्रहरी नियन्त्रणमा छन् ।

उनीहरुलाई आज बिहान ३ बजेतिर सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ भारदह योगिनायाँ कोशी पलार क्षेत्रबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

उनीहरूको साथबाट एक राइफल, दुई म्याग्जिन, १५ राउण्ड गोली, तीन बाइनाकुलर, एक ट्राइपोर्ट, फलामको हथौडा, खुर्पा, एक स्कोरपिओ गाडी, एक ट्याक्टर, र गोलीले मारिएको एउटा बँदेल बरामद गरिएको सप्तरीका प्रहरी प्रवक्ता डिएसपी ढंडीराज न्यौपानले जानकारी दिए ।

उनीहरुले भने खेतबारीमा बाली खान आएका बेला बँदेल मारेको बताएका छन् । नेपाल सरकारले ७ मंसिर २०८० मा हानिकार वन्यजन्तु भनेर बँदेललाई घोषणा गरेको थियो ।

जसअनुसार बाली खान आएको बेला खेतबारीमै मार्न सकिने तर मारेको बँदेल जनप्रतिनिधिको रोहबरमा गाड्न वा मूल्य तोकी मासु बिक्रि वितरण गर्न समेत सकिने व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?