+
+

आरजुले भनिन्– आगामी प्रधानमन्त्री म होइन, शेरबहादुरजी हो

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १३ गते ११:२१

१३ भदौ, धनगढी । परराष्ट्रमन्त्री आरजु राणा देउवाले आगामी प्रधानमन्त्री आफू नभई शेरबहादुर देउवा नै बन्ने बताएकी छन् ।

आज धनगढीमा आयोजित पत्रकार भेटघाटमा उनले आरजु सम्भावित प्रधानमन्त्री भन्ने हल्लालाई ‘राम्रो कल्पना’ भनेर टिप्पणी गरिन् ।

हालै प्रधानमन्त्री केपी शर्मा ओलीले महिला प्रधानमन्त्री बनाउन चाहेको सार्वजनिक अभिव्यक्ति दिएका थिए । प्रधानमन्त्री ओलीको भनाइलाई कतिपयले आरजुलक्षित ठानेका थिए ।

धनगढीमा आज पत्रकारहरुले पनि यही विषयमा जिज्ञासा राखे । त्यसको जवाफ दिने क्रममा आरजुले भनिन्, ‘प्रधानमन्त्री बन्न पहिले संसदीय दलको नेता बन्नुपर्छ । बाहिरबाट हेर्दा एउटा देखिएला तर, पार्टीभित्रै मेरो हैसियत कति छ मलाई थाहा छ । राम्रो कल्पना हो ।’

प्रधानमन्त्री ओलीले महिला प्रधानमन्त्री बन्ने भनेर बोलेकोमा उनले धन्यवाद समेत दिइन् । यद्यपि प्रधानमन्त्री ओलीको भनाइ आफूप्रति लक्षित नभएको जस्तो लागेको राणाले बताइन् ।

‘बाहिरबाट हेर्दा एउटा देखिएला तर पार्टीभित्र मेरो आफ्नै हैसियत कति छ मलाई थाहा छ । त्यसकारण त्यो राम्रो कल्पना हो । म प्रधानमन्त्रीज्युलाई धेरै धन्यवाद दिन चाहान्छु,’ उनले भनिन्, ‘उहाँले एउटा यस्तो कुरा बताइदिनुभयो, जसले जनमानसमा एउटा कल्पना बनेको छ । तर त्यो मेरो लागि भन्नुभाजस्तो लाग्दैन ।’

प्रधानमन्त्रीको भनाइ उहाँकै पार्टीको कोही व्यक्तिप्रति लक्षित हुन सक्ने बताइन् । तर कांग्रेसबाट भने आगामी प्रधानमन्त्री शेरबहादुर देउवा नै हुने उनले बताइन् । ‘हाम्रो पार्टीको अब अर्को प्रधानमन्त्री बन्ने भनेको शेरबहादुर देउवा जी नै हो,’ आरजुले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?