+
+

सुनको मूल्यमा दिनदिनै नयाँ रेकर्ड

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १३ गते ११:२८

१३ भदौ, काठमाडौं । सुनको भाउमा दिनदिनै नयाँ रेकर्ड बन्न थालेको छ । अघिल्लो दिनको रेकर्ड बिहीबार नै तोडिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिनका लागि सुनको भाउ प्रतितोला १ लाख ५३ हजार २ सय रुपैयाँ तोकिएको छ । अघिल्लो दिन १ लाख ५३ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । यो मूल्य हालसम्मकै उच्च हो ।

चाँदीको भाउ भने तोलामा २५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १८५५ रुपैयाँमा कारोबार भएको चाँदी आज १८३० रुपैयाँमा झरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?