+
+

कांग्रेसका शीर्ष नेताको बैठक : ‘सहमति नजिक पुगेका छौं’

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १३ गते १२:२५

१३ भदौ, काठमाडौं । नेपाली कांग्रेसका शीर्ष नेताहरू बीचको छलफल सहमति उन्मुख भएको दाबी गरिएको छ ।

सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बिहीबार बिहान बसेको बैठक २ / ३ बुँदामा सहमति नजिक पुगेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी गराए । ‘एक्टिज पोलिसीमा सहमतिको नजिक नजिक पुगेका छौं । पार्टीको महाधिवेशनको कार्यतालिको एजेन्डामा पनि सहमति नजिक छौं,’ मुख्य सचिव पौडेलले भने, ‘सबै कुरा सर्वसम्मत भएर टुंगिने परिस्थितिमा छ ।’

महामन्त्री थापाले कांग्रेस आफ्नो बलमा एक्लै चुनाव लड्ने प्रस्ताव छ भने अर्का महामन्त्री शर्माले एक्जिट पोलिसीसहितको प्रतिवेदन पेश गरेका छन् । महामन्त्री शर्माको प्रस्तावमा संस्थापन पक्षका नेताहरुले आलोचना गरेका छन् ।

केन्द्रीय समिति अघि पूर्व र वर्तमान पदाधिकारीको बैठक गरेर दुई महामन्त्रीका प्रस्ताव माथि छलफल हुने पौडेलले जानकारी गराए । केन्द्रीय समितिको बैठक १६ भदौका लागि बोलाइएको छ ।

महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले केन्द्रीय समिति बैठकमा राखेको प्रतिवेदनमा सहमति सहित पारित गर्नका लागि सभापति देउवाले छलफलका लागि डाकेका थिए ।

छलफलमा सभापति देउवा, उपसभापति पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय थापा र शर्मा र गृहमन्त्री रमेश लेखक सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?