+
+

मिस युनिभर्स सेनिस पलासियोस काठमाडौंमा (तस्वीर)

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १३ गते १२:३९

काठमाडौं । मिस युनिभर्स नेपालको कार्यक्रममा सहभागी हुन वर्तमान मिस युनिभर्स सेनिस पलासियोस बिहीबार काठमाडौं आइपुगेकी छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजकले स्वागत गरे ।

जिम्बाबेबाट काठमाडौं आइपुगेको पलासियोसको टोलीमा अन्य तीनजना सदस्य पनि छन् । आफ्नो पहिलो नेपाल भ्रमणमा आइपुगेकी पलासियोसले विमानस्थलमा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिंदै नेपाल आउँदा खुसी लागेको बताइन् ।

विश्व प्रतिष्ठित सौन्दर्य प्रतियोगिताको वर्तमान विजेता नेपाल आइपुगेको यो पहिलो अवसर हो । मिस युनिभर्स नेपालकी प्रवक्ता रोशिका गिरीका अनुसार पलासियोसको टोली नेपालमा तीन दिन रहनेछ । पलासियोस निकारागुवाकी चर्चित मोडल तथा मिस युनिभर्स २०२३ की विजेता समेत हुन् ।

भदौ २२ गते शनिबार हायात होटलमा मिस युनिभर्स नेपालको फिनाले हुँदेछ । मिस युनिभर्स नेपालको यस वर्षको संस्करणको आयोजना पहिलोपटक ग्लोबल ग्ल्यामरले गर्न लागेको हो । उपाधिका लागि २२ जना फाइनलिस्ट भिड्ने तयारीमा छन् ।

तस्वीर : आर्यन धिमाल/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?