
काठमाडौं । मिस युनिभर्स नेपालको कार्यक्रममा सहभागी हुन वर्तमान मिस युनिभर्स सेनिस पलासियोस बिहीबार काठमाडौं आइपुगेकी छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजकले स्वागत गरे ।
जिम्बाबेबाट काठमाडौं आइपुगेको पलासियोसको टोलीमा अन्य तीनजना सदस्य पनि छन् । आफ्नो पहिलो नेपाल भ्रमणमा आइपुगेकी पलासियोसले विमानस्थलमा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिंदै नेपाल आउँदा खुसी लागेको बताइन् ।
विश्व प्रतिष्ठित सौन्दर्य प्रतियोगिताको वर्तमान विजेता नेपाल आइपुगेको यो पहिलो अवसर हो । मिस युनिभर्स नेपालकी प्रवक्ता रोशिका गिरीका अनुसार पलासियोसको टोली नेपालमा तीन दिन रहनेछ । पलासियोस निकारागुवाकी चर्चित मोडल तथा मिस युनिभर्स २०२३ की विजेता समेत हुन् ।
भदौ २२ गते शनिबार हायात होटलमा मिस युनिभर्स नेपालको फिनाले हुँदेछ । मिस युनिभर्स नेपालको यस वर्षको संस्करणको आयोजना पहिलोपटक ग्लोबल ग्ल्यामरले गर्न लागेको हो । उपाधिका लागि २२ जना फाइनलिस्ट भिड्ने तयारीमा छन् ।
तस्वीर : आर्यन धिमाल/अनलाइनखबर
प्रतिक्रिया 4