+
+

तपाईंको आँखा बचाउने आइफोनको उपयोगी फिचर, यसरी प्रयोग गर्नुहोस्

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १३ गते १२:४६

वर्तमान समयमा स्मार्टफोन हाम्रो जीवनको अभिन्न हिस्सा बनिसकेको छ । चाहे फोन गर्नका लागि होस् वा अनलाइनमा कुनै कार्य गर्न तथा कुनै वेबसाइट वा फिल्म हेर्नकै लागि किन नहोस् स्मार्टफोन निर्विकल्पजस्तै बनेको छ।

यसरी स्मार्टफोनको स्क्रिनमा बिताउने समय बढ्दै जाँदा यसले आँखा माथिको दबाब पनि बढाउँदै गएको छ। अझ कतिपय मानिसहरुमा निकै नजिकबाट स्मार्टफोन हेर्ने बानी हुन्छ।

यस्तो बानी आँखाको लागि निकै खतरनाक हुनसक्छ। यसबाट बच्नको लागि iPhone ले चाहिं एउटा सुविधा प्रदान गरेको छ ।

कुन हो प्रयोगकर्ताको आँखा बचाउने आइफोनको फिचर

iPhone मा रहेको यो उपयोगी फिचरलाई Screen Distance भनिन्छ । नामबाटै प्रस्ट छ कि यो फिचरले स्क्रिन र आँखाको बीचको दूरीलाई निश्चित सुरक्षित परिमाणामा कायम राख्छ । फलतः यदि तपाईंले निकै नजिकबाट फोनको स्क्रिनमा हेर्नुभयो भयो स्क्रिन लक हुनेछ। फोन र आँखाबीचको दूरी बढाएमा मात्रै आइफोनको डिस्प्ले पुनः खुल्दछ ।

स्मार्टफोनको स्क्रिन आँखाबाट कति टाढा हुनुपर्छ ?

बालबालिकामा मायोपिया अर्थात् नजिकको दृष्टि दोषको समस्या बढिरहेको छ। यसको एउटा कारण चाहिं नजिकबाट स्मार्टफोन अत्यधिक हेर्ने बानी पनि रहेको छ । Apple ले प्रयोगकर्तालाई फोनको स्क्रिन आँखाभन्दा १२ इन्च अर्थात् ३० सेमी टाढा राख्न सिफारिस गरेको छ । यसो गर्दा प्रयोगकर्ताको आँखामा कम दबाब पर्दछ ।

आइफोनमा Screen Distance फिचर कसरी अन गर्ने ?

Ø  सबैभन्दा पहिले iPhone को Settings अप्सनमा जानुहोस्।

Ø  त्यहाँ विभिन्न अप्सनहरू देखिनेछन्।

Ø  ती अप्सनहरूमा Screen Time अप्सनमा ट्याप गर्नुहोस्।

Ø  त्यसपछि नयाँ पृष्ठ खुल्नेछ, जहाँ तपाईंले Screen Distance अप्सनमा ट्याप गर्नुपर्ने हुन्छ।

Ø  त्यसपछि Screen Distance अप्सनलाई इनेबल गर्नुहोस् ।

यसरी तपाईंको Screen Distance फिचर सक्रिय हुनेछ। यो फिचर बन्द गर्नका लागि माथि दिइएकै चरण फलो गर्नुपर्छ।

स्मरण रहोस् अधिकांश आइफोन प्रयोगकर्ताहरुद्ये यो फिचरलाई बन्द गरेका हुन्छन् । किनकि यो फिचरले गर्दा आइफोनमा कुनै फिल्म वा सोसल मिडिया लगायतका सामाग्रीहरु नजिकबाट हेर्दा वा स्क्रोल गर्दा  स्क्रीन लक हुन्छ। तर विज्ञहरु भने आफ्नो आँखाको सुरक्षाका लागि यो फिचर महत्वपूर्ण भएकाले आइफोनको Screen Distance  फिचर प्रयोग गर्न सल्लाह दिन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?