+
+

अन्तरिक्षमा १०० खर्ब खर्च गर्ने अमेरिकाले सुनिता विलियम्सको जीवन बचाउन सक्दैन ?

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १३ गते १३:३३

अमेरिकी अन्तरिक्ष यात्री सुनिता विलियम्स र बुच विलमोर गत ५ जुनमा बोइङको स्टारलाइनर अन्तरिक्षयानमा चढेर अन्तरिक्षमा गएका थिए । उनीहरूले स्पेस स्टेशनमा जम्मा ८ दिन बिताउने योजना थियो। तर, सो यानमा हिलियम ग्यास चुहिएका कारण उनीहरु निर्धारित समयमा पृथ्वीमा फर्किन सकेनन् ।

बोइङ स्टारलाइनरमा हीलियम लीक र थ्रस्टरमा समस्या भएसँगै अब उनीहरुलाई स्पेस एक्स कम्पनीको यानबाट आगामी वर्षको फेब्रुअरीमा मात्रै पृथ्वीमा फर्काइने तय भएको छ । यस अनुसार सुनिता र विलमोरले अन्तरीक्षमा कम्तिमा २४० दिन बस्नुपर्नेछ ।

८ दिनका लागि अन्तरिक्षमा गएका सुनिता विलियम्स र उनका सहकर्मी बुच विलमोरले ८ महिना अन्तरिक्षमा बिताउनु परेपछि त्यसको असर के हुन्छ ? त्यसबाट उनीहरुको जीवनलाई खतरा छ कि छैन ? यति धेरै दिन अन्तरिक्षमा बस्दा तिनका शरीरमा के परिवर्तन हुनसक्छ ?

अमेरिकी सरकारले आफ्नो अन्तरिक्ष कार्यक्रमहरूमा यति ठूलो रकम खर्च गर्छ कि जुन धेरैवटा साना देशहरूको जीडीपीभन्दा कैयन् धेरै छ । यस्तोमा सुनिता र उनका सहकर्मीलाई पूर्वनिर्धारित पृथ्वीमा फर्काउन अमेरिका किन असफल भयो ?

८ महिनामा सुनिताको शरीरमा के आउनेछ परिवर्तन

Big news about Sunita Williams, NASA told when she will return from ...सन् २०२२ मा नेचर म्यागजिनमा क्यानाडामा गरिएको एउटा अनुसन्धान प्रकाशित भएको थियो । ओटावा विश्वविद्यालयका शोधकर्ताले गरेको उक्त अध्ययनमा भनिएको छ कि अन्तरिक्षमा बस्दा अन्तरिक्षयात्रीको शरीरका ५० प्रतिशत राता रक्त कोशिकाहरू नष्ट हुन्छन् र यो प्रक्रिया उक्त अन्तरिक्षा मिसनको अवधिभर नै चलिरहन्छ । यसको अर्थ अन्तरिक्षमा बस्दा अन्तरिक्षयात्रीको शरीरमा रगतको कमी हुन्छ। यसलाई स्पेस एनिमिया भनिन्छ ।

वास्तवमा रगतमा हने राता कोशिकाहरू अर्थात आरबिसीले सम्पूर्ण शरीरभर अक्सिजन पुर्‍याउँछन् । यो क्रिया पृथ्वीमा सामान्य हुने भए पनि अन्तरिक्षमा राता रक्तकोषको कमीका कारण त्यसमा असर पर्दछ । त्यसैले चन्द्रमा, मंगल ग्रह वा त्यसको बाहिरको अन्तरिक्षको यात्रा मानिसका लागि एक ठूलो चुनौती बन्छ । यसका अतिरिक्त, अन्तरिक्षमा बस्दा अन्तरिक्षयात्री हरूको मांसपेशी कमजोर बन्छन् भने हाडमा क्याल्सियमको कमी हुन्छ । त्यसैले पृथ्वीमा फर्केपछि अन्तरिक्ष यात्रीहरूलाई कमजोर र थाकेको महसुस हुन्छ ।

हरेक  सेकेन्डमा ३० लाख राता रक्तकोष नष्ट

वैज्ञानिकहरूका अनुसार, अन्तरिक्षमा बस्दा अन्तरिक्षयात्रीको शरीरमा हरेक सेकेन्डमा ३० लाख राता रक्त कोषहरू (RED BLOOD CELLS) नष्ट हुन्छन् । जबकि पृथ्वीमा यो गतिप्रति सेकेन्ड दुई लाख मात्र हुन्छ । यद्यपि  कुनै पनि परिस्थितिमा हाम्रो शरीर रक्तकोषको क्षतिको पूर्ति गर्न समर्थ हुन्छ । किनकि रातो रक्त कोशिकाहरू निकै तीव्र गतिमा उत्पादन हुन्छन् ।

स्पेस स्टेशनमा अन्तरिक्ष यात्रीहरूले के के गर्छन् ?

एकजना अमेरिकी अन्तरिक्षयात्री स्कट केली ३४० दिनसम्म अन्तरिक्षमा बिताएर फर्किए। उनले एक अन्तर्वार्तामा बताए अनुसार अन्तर्राष्ट्रिय स्पेस स्टेशनमा धेरै काम गर्नुप र्छ ।

उनका अनुसार त्यहाँ अन्तरिक्षयात्रीहरू प्रत्येक दिन बिहान ६ बजे उठ्नुपर्छ । त्यहाँ तीन प्रकारका कामहरू हुन्छन् । जसमा विभिन्न खालका प्रयोगहरु, स्पेस स्टेशनका बिग्रिएका हार्डवेयरको मर्मत अनि स्पेस स्टेशनको सामान्य मर्मतसम्भार रहेका छन् ताकि स्टेशनले ठीकसँग काम गर्न सकोस् ।

अन्तरिक्ष अरबौं डलर लगानी तर असफल

स्टाटिस्टा को एक अनुसन्धान अनुसार विश्वमा अन्तरिक्ष कार्यक्रमहरूमा सबैभन्दा धेरै खर्च गर्ने मुलुक अमेरिका हो ।

अमेरिका आफ्ना स्पेस मिशनहरूमा वार्षिक करिब ७३ अर्ब डलरभन्दा धेरै खर्च गर्दछ ।

दोस्रो स्थानमा रहेको चीनको वार्षिक अन्तरिक्ष कार्यक्रमको बजेट १४ अर्ब डलर भन्दा केही बढि छ ।

अन्तरिक्ष कार्यक्रमको बजेट यतिधेरै हुँदा पनि अमेरिका आफ्ना अन्तरिक्षयात्रीलाई निर्धारित समयमा पृथ्वीमा फर्काउनमा असफल साबित भइरहेको छ ।

एक तथ्यांक अनुसार २०२३ को नोभेम्बर सम्ममा कुल ६७६  जना मानिस अन्तरिक्ष यात्रामा गएकामा १९ अमेरिकी अन्तरिक्ष यात्रीले ज्यान गुमाएका थिए ।

अमेरिकामा अन्तरिक्ष यात्रीहरूको मृत्यु दर २.८ प्रतिशत छ। पछिल्लो ५० वर्षमा अमेरिका र रूसका ३० भन्दा बढी अन्तरिक्ष यात्रुले आफ्नो जीवन गुमाएका छन्। जुन बोइङको यानबाट नासाका दुई यात्री स्पेस स्टेशमा गएर अड्किएका छन्  त्यो यानको रेकर्ड राम्रो छैन ।

यहाँसम्म कि बोइङका पृथ्वीमा उड्ने विमानहरूमा पनि प्रायः विभिन्न समस्याहरु उत्पन्न हुने गरेको पाइन्छ ।

सुनिता र विलमोरलाई रूसको क्याप्सुलले ल्याउन सक्छ

Is Sunita Williams feeling lonely at space station? NASA shares her ...

अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (ISS) मा हाल ८ वटा क्याप्सुल अर्थात यान डक गर्न अर्थात् जोड्न सकिन्छ ।

हाल त्यहाँ रूसको क्याप्सुल रहेको छ जुन आपतकालीन अवस्थामा प्रयोगमा आउँछ । पहिले अमेरिकाको पनि क्याप्सुल त्यहाँ हुन्थ्यो। तर, अहिले सबै क्याप्सुलहरू रूसकै छन् । यी क्याप्सुलहरू स्टेशनमा डक गरिएका छन् । यदि अत्यन्त खराब स्थिति उत्पन्न भएमा, रूसको क्याप्सूलले एकसाथ ५ जना अन्तरिक्ष यात्रीहरूलाई एकैपटकमा पृथ्वीमा फर्काउन सक्छ ।

अन्तरिक्षमा अहिले सुनिता र बुचसँगै ७ जना यात्री रहेका र अमेरिका र रूसको बीचमा राम्रो सम्बन्ध समेत नभएकाले आफ्ना अन्तरिक्षयात्रीलाई पृथ्वीमा फर्काउन रुसी क्याप्सुलको प्रयोग नगर्ने मनस्थितिमा अमेरिका रहेको हो ।

निश्चित उचाइबाट पृथ्वीको वायुमण्डलमा प्रवेश गर्छ अन्तरिक्षयान

अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन पृथ्वीबाट ३ सय किलोमिटरभन्दा माथिको उचाइमा छ । जब कुनै यान पृथ्वीबाट करिब ८० किलोमिटरको उचाइमा एक निश्चित करिडोर हुँदै पृथ्वीको वायुमण्डलमा प्रवेश गर्छ  तबमात्र यो सफलतापूर्वक पृथ्वीमा फर्किन सक्छ । यसमा थोरै पनि त्रुटि भएमा, यान ब्रह्माण्डमा फर्किन्छ वा यसको परिक्रमा लगाइरहन्छ । यसलाई रिइन्ट्री करिडोर भनिन्छ ।

पृथ्वीमा प्रवेश कसरी हुन्छकरिडोर के हो ?

अन्तरिक्ष वैज्ञानिकका अनुसार पृथ्वीमा प्रवेश गर्दा अन्तरिक्षयान विशेष कोणबाट प्रवेश गर्दछ । यो कोण ९४.७१ डिग्रीदेखि ९९.८० डिग्रीसम्मको हुन्छ ।

प्रत्येक प्रवेश कोणबाट पृथ्वीको वातावरणमा प्रवेश गरेपछि क्याप्सुलको माथिल्लो भाग पूर्णरुपमा जल्दछ र अन्तरिक्षयात्री बस्ने तल्लो भाग चाहिं प्याराशुट मार्फत पृथ्वीमा आउँछ ।

यदि यो चरणमा सानोमात्रै पनि त्रुटि भएमा सबै यान जलेर खरानी बन्दछ ।

अन्तरिक्षमा पहिलो महिला पठाएर अमेरिकाभन्दा अगाडि निस्किएको थियो रूस

तत्कालीन सोभियत संघकी भ्यालेन्टीना टेरोस्कोभा अन्तरिक्षमा जाने विश्वको पहिलो महिला र सबैभन्दा युवा अन्तरिक्ष यात्री थिइन् ।

उनी १६ जुन, १९६३ मा अन्तरिक्षमा गएकी थिइन् । उनलाई ४०० आवेदकहरू मध्येबाट चयन गरिएको थियो । त्यस समयमा अमेरिकी वैज्ञानिकहरूले अन्तरिक्षको यात्रा केवल पुरुषहरूले मात्र गर्न सक्छन् भनिरहेको बेला सोभियत संघले अमेरिकाभन्दा अगाडि निस्कनको लागि पहिलोपटक अन्तरिक्षमा महिला पठाएको थियो ।

अन्तरिक्षमा महिला अन्तरिक्षयात्री पठाएर अमेरिकाभन्दा महान कार्य गरेको प्रमाणित गर्न चाहन्थ्यो उसले । पहिलो महिला अन्तरिक्षयात्री भ्यालेन्टिनाले त्यसबेला अन्तरिक्षबाट पृथ्वीको ४८ पटक फन्को लगाइन् ।

अमेरिकी राष्ट्रपति केनेडी चन्द्रमामा महिलालाई नपठाउने पक्षमा थिए

सन् १९६२ मा अमेरिकामा नागरिक अधिकार कानुन पारित भयो । यसले महिला अन्तरिक्ष यात्रुहरूलाई अन्तरिक्षमा जानका लागि रहेको प्रतिबन्ध हटायो । तर, तत्कालीन राष्ट्रपति जोन एफ केनेडीको इच्छा चाहिं चन्द्रमामा पुरुष मात्रै पठाउने थियो । जसका कारण अन्तरिक्षमा जानका लागि प्राथमिकता पुरुषहरूलाई दिइयो। करिब २० वर्षपछि सन् १९८३ मा  सेली राइड अन्तरिक्षमा जाने पहिलो अमेरिकी महिला बनिन् ।

द ट्रान्सलेशनल रिसर्च इन्स्टिच्युट फर स्पेस हेल्थका अनुसार वर्तमान समयमा विश्वमा अन्तरीक्ष यात्रीहरूको प्रशिक्षणमा करिब ५० प्रतिशत महिलाहरू सहभागी भएका हुन्छन् । तथापि अहिलेसम्म अन्तरिक्षमा पठाइएका महिला अन्तरिक्षयात्रीको संख्या चाहिं केवल १२ प्रतिशत मात्र रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?