+
+

अस्ट्रेलियामा बद्री पंगेनीको सांगीतिक व्यस्तता

राजन घिमिरे राजन घिमिरे
२०८१ भदौ १३ गते १२:५६

सिड्नी । लोकगायक बद्री पंगेनी यतिबेला अस्ट्रेलियाको सांगीतिक यात्रामा छन् । एक महिनाको सांगीतिक कार्यक्रमका लागि अगस्ट २० मा अस्ट्रेलियाको एडिलेट ओर्लिएका त्यहाँ दुई दिन दर्शकलाई नचाए । अगस्ट २२ र २४ को एडिलेट कन्सर्टपछि २५ अगस्टमा उनी सिड्नीको ग्रयानभिल पार्कमा गुञ्जिए ।

अगस्ट ३१ मा सिड्नीकै इन्द्रेणी फङ्सन सेन्टरमा कार्यक्रम तय छ भने सेप्टेम्बर २ मा सिड्नीकै ग्रायानभिलमा रहेको फ्लेभर्स अफ नेपालमा आयोजना हुने मिट एण्ड ग्रिट कार्यक्रममा प्रस्तुति दिंदैछन् । बद्री सेप्टेम्बर ६ मा सिड्नीमै हुने अर्को कार्यक्रममा गुञ्जिनेछन् ।

‘यति धेरै माया गर्नु हुन्छ । त्यो मायालाई इन्कार गरेर समय छैन भनेर म कसरी भन्न सक्छु र’ सिड्नीमा गायक बद्री पंगेनीले भने,’ अस्ट्रेलियामा नेपाली समाज विस्तार हुनु र नेपाली गीत-संगीतको क्रेज बढ्नु हामी जस्ता सर्जकका लागि सुखद् कुरा हो । त्यो पाएँ मैले ।’

सेप्टेम्बर १४ मा अस्ट्रेलियाको पर्थमा हुने ‘नेपाल फेस्टिभल’मा उनले दर्शक नचाउनेछन् ।

लेखकको बारेमा
राजन घिमिरे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?