+

पारा ओलम्पिकमा नेपालका भरतले आज जापानी खेलाडीसँग प्रतिस्पर्धा गर्ने

२०८१ भदौ  १३ गते १३:१९ २०८१ भदौ १३ गते १३:१९
पारा ओलम्पिकमा नेपालका भरतले आज जापानी खेलाडीसँग प्रतिस्पर्धा गर्ने

१३ भदौ, काठमाडौं । पेरिस पारा ओलम्पिक २०२४ मा बिहीबार नेपाली पारा तेक्वान्दो खेलाडी भरतसिंह महताले जापानी खेलाडीसँग प्रतिस्पर्धा गर्दैछन् ।

भरतले पारा तेक्वान्दो के-४४ क्याटगोरी अन्तर्गत पुरुष ५८ केजीमुनिको प्रिक्वार्टरफाइनलमा जापानी खेलाडी मित्सुया तानाकासँग खेल्नेछन् ।

यो खेल नेपाली समयअनुसार दिउँसो ३ बजे ग्राण्ड पलाइसमा सुरु हुनेछ । यस खेलको विजेताले क्वार्टरफाइनलमा अजरबैजानका सबिर जेनालोभस प्रतिस्पर्धा गर्नेछ ।

भरत वाइल्ड कार्डमार्फत पहिलो पटक पारा ओलम्पिकमा छनोट भएका हुन् ।

पेरिस पारा ओलम्पिकमा नेपालबाट तीन खेलाडी सहभागी छन् । जसमा पारा तेक्वान्दोबाट भरतसहित पलेशा गोवर्द्धन र पारा पौडीमा भीमबहादुर कुमाल छन् ।

पलेसा लगातार दोस्रो पटक पारा ओलम्पिक खेल्दैछिन् । उनी छनोट चरण पार गरेर पारा ओलम्पिक खेल्ने पहिलो नेपाली पारा खेलाडी बन्दैछिन् ।

पलेसाले शुक्रबार के-४४ क्याटेगोरीअन्तर्गत नै महिला ५७ केजीमूनी पहिलो खेलमा भेनेजुएलाकी भालेरिया मवरालेससँग खेल्नेछिन् ।

यस खेलको विजेताले क्वार्टरफाइनलमा ब्राजिलकी मायारा सिल्भाना फर्नान्डेजसँग प्रतिस्पर्धा गर्नेछ । फर्नान्डेज बाई पाउँदै क्वार्टरफाइनल पुगेकी हुन् ।

पेरिस पारा ओलम्पिक भरत महता
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय