+
+

साइग्रेस पोखरेलले साइन गरे फिल्म ‘जेरी अन टप’

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १३ गते १३:२२

काठमाडौं । सामाजिक सञ्जालमा पछिल्लो समय ‘कन्टेन्ट क्रिएटर’को रुपमा चर्चित साइग्रेस पोखरेलले फिल्म करिअर थालेका छन् । अनमोल केसीको शीर्ष भूमिका रहने फिल्म ‘जेरी अन टप’को क्रिएटिभ भूमिकाको लागि उनी अनुबन्धित भएका हुन् ।

निर्माता सरोज न्यौपाने र पोखरेलबीच बिहीबार लिखित सहमति भएको छ । पोखरेलले यो फिल्ममा पटकथा र संवादको पक्ष केलाउनेछन् । ‘स्क्रिप्ट र डायलग सहित क्रिएटिभ पार्टको लागि उहाँले काम गर्नुहुनेछ’ न्यौपानेले अनलाइनखबरसँग भने ।

फिल्म साइन गरेपछि पोखरेलले आफूले अभिनेता केसीलाई समेत फलो गरिरहेको बताए । युरोपमा बसोबास गर्दै आएका पोखरेल यतिबेला काठमाडौंमा छन् ।

सुयोग गुरुङको निर्देशनमा बन्न लागेको फिल्मको छायांकन अर्को सातादेखि सुरु गर्ने तयारी छ । फिल्मलाई काठमाडौं, लुक्ला र भारतको लद्दाखमा खिच्ने तयारी छ ।

फिल्ममा अनमोल सहित आँचल शर्मा र जसिता गुरुङको मुख्य भूमिका हुनेछ । अनमोल केसी, आँचल शर्मा र जसिता गुरुङको मुख्य भूमिका रहनेछ । फिल्मको प्रदर्शन भ्यालेन्टाइन्स डेको सन्दर्भमा फागुन २ गते रिलिज हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?