+
+

धनुषा, दोलखा र सिन्धुपाल्चोक आसपास विकसित बादल पश्चिमतिर सर्दै, भारी वर्षाको सम्भावना

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १३ गते १३:४७
Photo Credit : DHM

१३ भदौ, काठमाडौं । धनुषा, दोलखा र सिन्धुपाल्चोक आसपासका क्षेत्रमा मेघगर्जन सहितको बादल विकसित भएको छ । यो बादल पश्चिम दिशामा सर्ने क्रममा छ ।

यो बादलका कारण चट्याङसहित भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको दक्षिणतिर र पूर्वतिर सरदर स्थानको आसपास अवस्थित छ । त्यसको प्रभावले हाल देशभर आंशिकदेखि साधारणतया बदली छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । तर कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा भने भारी वर्षाको सम्भावना छ ।

आज राति भने बागमती प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम खालको वर्षाको सम्भावना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?