+
+

भेनिसको रेडकार्पेटमा चम्किए स्टार, ‘पूजा, सर’को वर्ल्ड प्रिमियर आज (तस्वीर)

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १३ गते १४:१३

काठमाडौं । विश्वप्रसिद्ध भेनिस फिल्म फेस्टिभलको ८१ औं संस्करण इटालीमा सुरु भएको छ । रेडकार्पेटमा चर्चित कलाकारले फेसन प्रस्तुत गरे । टिम बर्टनको फिल्म ‘बिटलजुस बिटलजुस’ ओपनिङ फिल्मसँगै फेस्टिभल औपचारिक रुपमा सुरु भयो ।

जेन्ना ओर्टेगा, एमी ज्याक्सन, केट ब्ल्यान्चेट, विनोना राइडर, टेलर रसेलदेखि क्याथरिन ओ’हाराले रेडकार्पेटमा उत्कृष्ट लुक्स प्रस्तुत गरे । ११ दिने फेस्टिभल सेप्टेम्बर ७ सम्म चल्नेछ ।

भेनिसको शीर्ष उपाधिका लागि हुने प्रतिस्पर्धा रोचक हुने पक्का छ । जसमा टोड फिलिप्सको ‘जोकर : फोली ए ड्युक्स’, पाब्लो लरेनको एन्जेलिना जोली स्टारर ‘मारिया’, किडम्यान र ह्यारिस डिकिन्सन अभिनित ‘बेबीगर्ल’, लुका गुआडाग्निनोको ‘क्वियर’, क्रेग र जेसन श्वार्ट्जम्यानको पहिलो अंग्रेजी भाषाको फिल्म ‘द रुम नेक्स्ट डोर’ छन् ।

एन्जेलिना जोली, लेडी गागा, जर्ज क्लुनी, ब्राड पिट, डेनियल क्रेग, टिल्डा स्विन्टन, जुलियाना मुर्रे, केभिन कस्टनर, जुड ल, जोकिन फिनिक्स पनि फेस्टिभलमा उपस्थित हुने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

नेपाली समयानुसार बिहीबार राति दीपक रौनियार निर्देशित फिल्म ‘पूजा, सर’को वर्ल्ड प्रिमियर हुँदैछ, जहाँ सहभागी हुन निर्देशक रौनियार, अभिनेत्री आशा मगराती, ऋचा शर्मा र कार्यकारी निर्माता पूर्णसिंह बराइली भेनिस पुगिसकेका छन् ।

तस्वीरहरु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?