+
+

संसदमा कांग्रेस सांसदको आरोपमा रास्वपाको प्रतिवाद

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १३ गते १४:३९

१३ भदौ, काठमाडौं । प्रतिनिधिसभाको बैठकमा कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदले नेपाल नागरिक उड्डयन प्राधिकरणमा महानिर्देशक प्रदीप अधिकारीको विषयलाई लिएर आरोप –प्रत्यारोप गरेका छन् ।

कांग्रेस सांसद राजेन्द्र बजगाईले रास्वपाका एक सहमहामन्त्री (नाम खुलाएनन्) उड्ययन प्राधिकरणका महानिर्देशक अधिकारीलाई जोगाउन कुरा गर्न आएको बताए । ‘उहाँ हाम्रो मान्छे, हाम्रो निर्वाचन क्षेत्रको मान्छे, रवि लामिछाने निर्वाचित भएको क्षेत्रको मान्छे उहाँलाई जोगाउनु पर्‍यो,’ बजगाईले संसदमा भने । रास्वपाले द्धैध चरित्र देखाएको बजगाईले आरोप लगाए ।

बजगाईले रास्वपा एक सहमहामन्त्रीलाई आरोप लगाएपछि त्यसको प्रतिवाद रास्वपा सांसद चन्दा कार्कीले गरिन् । संसद बिना प्रमाण जथाभावी आरोप लगाउने थलो भएको भन्दै चिन्ता व्यक्त गरिन् । कार्कीले भनिन्, ‘राजेन्द्र बजगाईले रास्वपाका सहमहामन्त्रीलाई लगाउनु भएको आरोपमा आपत्ति जनाउन चाहन्छु । विना प्रमाण त्यस्तो कुरा बोल्न पाइँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?