+

चेल्सीका गोलकिपर केपा लोनमा बर्नमाउथ पुगे

२०८१ भदौ  १३ गते १५:०१ २०८१ भदौ १३ गते १५:०१
चेल्सीका गोलकिपर केपा लोनमा बर्नमाउथ पुगे

१३ भदौ, काठमाडौं । बर्नमाउथले चेल्सीका गोलकिपर केपा अरिजाबालगालाई लोनमा अनुबन्ध गरेको छ । प्रिमियर लिग क्लब बर्नमाउथले केपालाई एक सिजनका लागि लोनमा अनुबन्ध गरेको हो ।

२९ वर्षीय केपा सन् २०१८ मा एथ्लेटिक विल्वाओबाट ७१ मिलयन पाउण्डमा चेल्सीमा अनुबन्ध हुँदा विश्वकै महंगो गोलकिपर बनेका थिए । यसै साता स्पेनका अन्तर्राष्ट्रिय खेलाडी केपाले चेल्सीसँग सम्झौता नवीकरण गरेका थिए । उनको सम्झौता २०२५ को अन्तिसम्म छ ।

केपाले गतसिजन स्पानिस जायन्ट रियलम ड्रडमा लोनमा बिताएका थिए । जहाँ उनले घाइते भएका गोलकिपर थिबाउट कोर्तवाको स्थान लिँदै २० खेल खेलेका थिए । केपाले गत सिजन रियलबाट ला लिगा  र च्याम्पियन्स लिग जितेका थिए ।

चेल्सीले सम्झौता नवीकरण गरेपछि केपालाई फ्रि ट्रान्सफरमा गुमाउने अवस्थालाई टारेको छ । बर्नमाउथले केपाजस्तो खेलाडीलाई टिममा अनुबन्ध गर्न पाउँदा उत्साहित भएको जनाएको छ ।

केपा अरिजाबालगा चेल्सी बर्नमाउथ
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय