+
+

नेपालगञ्जमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु, २६ घाइते

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १३ गते १५:२०

१३ भदौ, दाङ । बाँकेको नेपालगञ्ज–कोहलपुर सडकखण्डमा यात्रु बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा दाङ तुलसीपुरका ६० वर्षीय मानबहादुर ओली र २४ वर्षीय सन्तोष भुसाल छन् । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता नारायण डाँगीका अनुसार मृतक ओली बसका यात्रु हुन् भने भुसाल बसका सहचालक हुन् ।

आज दिउँसो नेपालगञ्ज–कोहलपुर सडकखण्डको गनापुर भन्ने स्थानमा भे १ ख २१२८ नम्बरको बस आफैं अनियन्त्रित भई पल्टिएको थियो । उक्त बस दाङ तुलसीपुरबाट नेपालगञ्ज जाँदै थियो ।

बस पल्टिँदा गुडिरहेको एउटा मोटरसाइकलमा पनि ठोक्किएको थियो ।

सो दुर्घटनामा २६ जना भएका छन् । घाइतेहरुको उपचार नेपालगञ्ज र कोहलपुरका अस्पतालमा भइरहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?