+
+

भेनिसमा ‘पूजा, सर’को फोटोकल, क्यान्सर निको भएपछि वर्ल्ड प्रिमियरमा पुगिन् आशा

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १३ गते १५:४२

काठमाडौं । भेनिस फिल्म फेस्टिभलमा आज नेपाली फिल्म ‘पूजा, सर’को वर्ल्ड प्रिमियर हुँदैछ । प्रिमियरका लागि निर्देशक दीपक रौनियार, कलाकार आशा मगराती, ऋचा शर्मा, गौमाया गुरुङसहित फिल्मको ‘कास्ट एण्ड क्रू’ भेनिसमा भेला भएका छन् ।

केही बेरअघि फिल्मको फोटोकल सम्पन्न भयो जहाँ फिल्मका सबै सदस्यले तस्वीर खिचाए । दीपक, आशा र कार्यकारी निर्माता पूर्णसिंह बराइली अमेरिकादेखि भेनिसमा पुगेका हुन् । ऋचा चाहिँ जर्मनी र गौमायाचाहिँ लण्डनदेखि त्यहाँ पुगेका हुन् ।

भेनिसको ओरिजोन्टी विधामा छनोट भएको ‘पूजा, सर’लाई लिएर पर्खाइ छ । यसअघि ‘हाइवे’ र ‘सेतो सूर्य’जस्ता चर्चित फिल्म निर्देशन गरेका रौनियारको यो पछिल्लो कथानक एक्सन र सोसल ड्रामा जनरामा आधारित छ ।

आज निर्देशक रौनियारको जन्मदिन समेत हो ।

यसैबीच, हलिउड म्यागेजिन भेराइटीले ‘पूजा, सर’की शीर्ष अभिनेत्री आशा मगराती सुटिङअघि क्यान्सर पीडित भएको भन्दै समाचार लेखेको छ । फिल्मको छायांकनअघि अगस्ट २९, २०२२ मा मगरातीलाई क्यान्सर पुष्टि भएको उल्लेख छ । सन् २०२३ को अप्रिलमा उनी क्यान्सरको उपचारबाट निको भइन् ।

‘भेनिस डेब्युका लागि पूजा, सरले क्यान्सरलाई पराजित गरेको छ’ भेराइटीको हेडलाइन छ । अहिले क्यान्सरबाट निको भएर मगराती भेनिसमा पुगेकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?