+
+

‘जोकर २’ दुई दिनअघि नै रिलिज हुने

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १३ गते १६:४३

काठमाडौं । हलिउडको बहुप्रतीक्षित फिल्म ‘जोकर २’ को प्रदर्शन मिति दुई दिनअघि सरेको छ । हलिउड स्टुडियो वार्नर ब्रोजको भारतस्थित कार्यालयले यो फिल्म असोज १६ गते (अक्टोबर २) मा बुधबार रिलिज हुने घोषणा गरेको हो ।

भारतमा उक्त दिन गान्धी जयन्तीको सार्वजनिक बिदा भएकाले बुधबार नै फिल्म ल्याउन लागिएको विज्ञप्तिमा उल्लेख छ । नेपालमा हलिउड रिलिज भारतीय डेटमा निर्भर हुने भएकाले अब बुधबार नै ‘जोकर २’ नेपालमा पनि आउने बलियो सम्भावना छ । यसबारे एप्पल इन्टरटेनमेन्टको प्रतिक्रिया आउन बाँकी छ ।

असोज १७ गते बिहीबार दशैंको घटस्थापनामा नेपाली फिल्म ‘बेहुली फ्रम मेघौली’ प्रदर्शन तयारीमा छ ।

‘जोकर २’ भारत बाहेकका मुलुकमा भने शुक्रबार नै आउने तयारीमा छ । यो फिल्म भेनिस फिल्म फेस्टिभलमा वर्ल्ड प्रिमियर हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?