+

पारा ओलम्पिकमा नेपालका भरत जापानी खेलाडीसँग पराजित

२०८१ भदौ  १३ गते १७:०६ २०८१ भदौ १३ गते १७:०६
पारा ओलम्पिकमा नेपालका भरत जापानी खेलाडीसँग पराजित

१३ भदौ, काठमाडौं । पेरिस पारा ओलम्पिक २०२४ मा नेपाली पारा तेक्वान्दो खेलाडी भरतसिंह महता पहिलो खेलमै जापानी खेलाडीसँग पराजित भएका छन् ।

भरत पारा तेक्वान्दो के-४४ क्याटगोरीअन्तर्गत पुरुष ५८ केजीमुनिको प्रिक्वार्टरफाइनलमा जापानिस खेलाडी मित्सुया तानाकासँग १९-३ ले पराजित भए ।

भरत वाइल्ड कार्डमार्फत पहिलो पटक पारा ओलम्पिकमा छनोट भएका थिए ।

पेरिस पारा ओलम्पिकमा नेपालबाट तीन खेलाडी सहभागी छन् । जसमा पारा तेक्वान्दोबाट भरतसहित पलेसा गोबर्द्धन र पारा पौडीमा भीमबहादुर कुमाल छन् ।

पारा ओलम्पिक भरत महता
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय