+
+

टप १० ब्रोकर कम्पनीले कति गरे किनबेच ?

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १३ गते १७:४४

१३ भदौ, काठमाडौं । बिहीबार सेयर बजारमा १२ अर्ब २४ करोड रुपैयाँ बराबरको कारोबार भयो ।

यो कारोबार रकममा टप १० ब्रोकर कम्पनीहरुको मात्रै ३७ प्रतिशत हिस्सा हो । दुई साताअघि मात्रै ३० अर्बसम्म पुगेको कारोबार रकम अहिले १२ अर्बमा झरेको छ । टप १० ब्रोकर कम्पनीमार्फत बिहीबार ४ अर्ब ४७ करोडको खरिद भयो भने ४ अर्ब ६० करोड रुपैयाँको बिक्री भएको छ ।

टप १० ब्रोकर कम्पनीमध्ये तीन कम्पनीको खरिद धेरै देखिन्छ भने सातको बिक्री धेरै देखिन्छ । सुमेरु, डायनामिक र एबीसीमार्फत खरिद धेरै भएको छ भने नासा, इम्पेरियल, भिजन, अनलाइन, आर्यतारा, सनी र दिपशिखामार्फत बिक्री धेरै भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?