+
+

एकीकृत समाजवादीले भन्यो : वाम एकताको पक्षमा छौं

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १३ गते १७:४६

१३ भदौ, काठमाडौं । नेकपा एकीकृत समाजवादीले वाम एकताको पक्षमा दृढता व्यक्त गरेको छ ।

बिहीबार केन्द्रीय समितिको बैठकले पारित गरेको प्रस्तावमा एकीकृत समाजवादीले पार्टी एकताबारे सामाजिक सञ्जाल र सञ्चार माध्यममा गलत प्रचार भएको बताएको छ ।

‘विचार, सिद्धान्त, राजनीति तथा संगठनका सबै विषयमा खुला छलफलद्वारा सहमति र सहकार्य गर्दै अगाडि बढेर मात्रै कम्युनिस्ट पार्टीहरुका बीच एकता हुन्छ’, प्रस्तावमा भनिएको छ, ‘हाम्रो पार्टी वाम एकताको पक्षमा सधैं दृढतापूर्वक रहँदै आएको छ ।’

एकीकृत समाजवादीले समाजवादी मोर्चाप्रति पनि दृढता व्यक्त गरेको छ । नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी नेपाल र विप्लव नेतृत्वको नेकपाले समाजवादी मोर्चा बनाएका छन् ।

एकीकृत समाजवादीले उक्त मोर्चालाई अझ प्रभावकारी ढंगले क्रियाशील बनाउने प्रतिवद्धता व्यक्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?