+
+

ललितपुर महानगर र कोरियाको चुङचेओङनामडो चुङयाङ शिक्षा कार्यालयबीच सम्झौता

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १३ गते १८:१५

१३ भदौ, काठमाडौं । ललितपुर महानगरपालिका र कोरियाको चुङचेओङनामडो प्रान्तमा रहेको चुङचेओङनामडो चुङयाङ शिक्षा कार्यालयबीच शिक्षा, खेलकुद र सांस्कृतिक क्षेत्रमा सहकार्य गर्ने सहमति भएको छ ।

मेयर चिरीबाबू महर्जनसँगै कोरिया भ्रमणमा रहेको प्रमुख प्रशासकीय अधिकृत रेखा दास श्रेष्ठ र चुङचेओङनामडो चुङयाङ शिक्षा कार्यालयका निर्देशक जिन कि सेयोङले आशय पत्र (लेटर अफ इन्टेड)मा हस्ताक्षर गरेका हुन् ।

मेयर महर्जनले आशय पत्रमा हस्ताक्षरपछि शिक्षा, खेलकुद र सांस्कृतिक आदानप्रदानमा सहकार्य गर्न बाटो खुलेको बताए। शिक्षा र खेलकुदको क्षेत्रमा असल अभ्यास आदानप्रदान गर्न र नयाँ अभ्यासको थालनी गर्न समेत यो कार्यक्रमले मार्गप्रशस्त गरेको उनको भनाइ छ ।

चुङचेओङनामडो चुङयाङ शिक्षा कार्यालयका निर्देशक जिन कि सेयोङले यो कार्यक्रमले कोरिया र नेपालको सम्बन्धलाई थप उचाई पुर्‍याएको बताए।

कोरियाको चेओरवन सहरको निमन्त्रणामा मेयर महर्जन र प्रमुख प्रशासकीय अधिकृत एक सातादेखि कोरिया भ्रमणमा छन्।

चेओरवन सहरले दुई सहरबीच भगिनी सम्बन्ध कायम गर्नका लागि महानगरका प्रमुखलाई निम्ता गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?