+
+

एकीकृत समाजवादीको वरिष्ठ नेतामा बस्नेत, भुसाल र हमाल मनोनीत

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १३ गते १८:२०

१३ भदौ, काठमाडौं । नेकपा एकीकृत समाजवादीले घनेन्द्र बस्नेत, बेदुराम भुसाल र प्रमेश हमाललाई बरिष्ठ नेता मनोनीत गरेको छ ।

बिहीबार बसेको केन्द्रिय समिति बैठकले तीन जनालाई वरिष्ठ नेता मनोनीत गरेको हो । तीनै जना यसअघि उपाध्यक्ष थिए ।

तर पदाधिकारी चयन गर्न मंगलबार भएको मतदानमा भुसाल र हमालले उम्मेदवारी दिएका थिएनन् । बस्नेतले भने वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिएर फिर्ता लिएका थिए ।

नेताहरुले राजेन्द्र पाण्डेलाई निर्विरोध वरिष्ठ उपाध्यक्ष चयन गर्न बस्नेतको उम्मेदवारी फिर्ता गराएका थिए । उम्मेदवारी फिर्ता गराउँदा नै बस्नेतलाई वरिष्ठ नेताको वचन दिइएको थियो ।

त्यसैअनुसार बस्नेत, भुसाल र हमाललाई वरिष्ठ नेता मनोनीत गरिएको एक नेताले जानकारी दिए । तीन जना वरिष्ठ नेता मनोनीत भएसँगै अब एकीकृत समाजवादीको पदाधिकारी संख्या २४ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?