+
+

एकीकृत समाजवादीको स्थायी कमिटीमा पदाधिकारीमात्रै

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १३ गते १८:३१

१३ भदौ, काठमाडौं । नेकपा एकीकृत समाजवादीले अहिलेको पदाधिकारीलाई नै स्थायी कमिटी बनाउने निर्णय गरेको छ ।

बिहीबारको केन्द्रीय कमिटी बैठकले पदाधिकारीहरु रहेको स्थायी कमिटी बनाउने निर्णय गरेको हो । बिहीबार घनेन्द्र बस्नेत, बेदुराम भुसाल र प्रमेश हमाललाई वरिष्ठ नेता मनोनीत गरिएकाले एकीकृत समाजवादीको पदाधिकारी संख्या २४ पुगेको छ ।

दशौं राष्ट्रिय महाधिवेशनबाट अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भूसाल चयन भएका थिए । मंगलबार राजेन्द्र पाण्डे वरिष्ठ उपाध्यक्ष निर्विरोध भए ।

बाँकी ६ उपाध्यक्ष, चार उपमहासचिव र ७ सचिव मतदाबाट निर्वाचित भएका छन् । यिनै पदाधिकारी रहेको स्थायी कमिटी हुने बैठकले निर्णय गरेको छ ।

केन्द्रीय सदस्यहरुको मतदानबाट बिहीबार नै पोलिट्ब्यूरो गठन भएको छ । १०५ सदस्यीय पोलिटब्यूरोको एकतिहाइ सदस्य स्थायी कमिटी रहने व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?