+
+

महालक्ष्मी विकास बैंक र पायोनियर मोटो कर्पबीच सम्झौता

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १३ गते १८:४०

काठमाडौं । महालक्ष्मी विकास बैंक र नेपालका लागि निसान गाडीको आयातकर्ता पायोनियर मोटो कर्पबीच सम्झौता भएको छ ।

निसान ब्रान्डका गाडी खरिदका लागि ९.९९ प्रतिशतमै कर्जा प्रदान गर्ने सम्बन्धमा बैंक र मोटो कर्पबीच सम्झौता भएको हो ।

सम्झौता अनुसार निसान ब्रान्डका गाडी खरिद गर्ने ग्राहकले महालक्ष्मी विकास बैंकमा ९.९९ प्रतिशतमै कर्जा पाउनेछन् ।

विद्युतीय गाडीको हकमा अधिकतम ५ वर्ष अवधिका लागि सवारीसाधनको मूल्यको ८० प्रतिशत कर्जा उपलब्ध गराउने छ भने विद्युतीय बाहेक अन्य गाडीमा अधिकतम ८ वर्ष अवधिका लागि मूल्यको ५० प्रतिशत कर्जा उपलब्ध गराउने बैंकले जनाएको छ ।

कर्जा लिन चाहने ग्राहकले बैंकको आधिकारिक वेबसाइट, सामाजिक सञ्जाल, शाखा कार्यालय तथा पत्रपत्रिकामा रहेको क्यूआर कोड स्क्यान गरेर आवेदन दिन सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?