+
+

एमालेले बोलायो पोलिटब्यूरो बैठक

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १३ गते १८:३४

१३ भदौ, काठमाडौं । नेकपा एमालेले आगामी १८–१९ भदौमा पोलिटब्यूरो बैठक बोलाउने निर्णय गरेको छ ।

केन्द्रीय मूख्यालय च्यासलमा बिहीबार बसेको सचिवालय बैठकले पोलिटब्यूरो बैठक बोलाउने निर्णय गरेको हो ।

पार्टीको आगामी कार्ययोजनाबारे छलफल गर्न पोलिटब्यूरो बैठक बलाउने निर्णय भएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

सचिवालयले पारित गरेको पार्टीको कार्ययोजनामा सदस्यता नवीकरण र अभिलेखीकरण, बाँकी जिल्ला अधिवेशन र पालिका अधिवेशन गर्ने, कार्यकर्तालाई नियमित प्रशिक्षण गर्न सातै प्रदेशमा पार्टी स्कूलका स्थायी संरचना बनाउने, पार्टी प्रवेश गरेकाहरुलार्ई तीन महिनाभित्र जिम्मेवारी दिने लगायत छन् ।

सचिवालय बैठकले आगामी २६ भदौमा तत्कालीन उपाध्यक्ष एवं संविधान सभा अध्यक्ष सुवास नेम्वाङको प्रथम स्मृति सभा गर्ने निर्णय समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?