+
+

उड्डयन प्राधिकरण छुट्याउने विधेयकमा अर्थको सहमति

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १३ गते १९:०९

१३ भदौ, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणलाई सेवा प्रदायक र नियामक निकायका रूपमा छुट्याउने विधेयकलाई अर्थ मन्त्रालयले सहमति दिएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार यो विधेयकलाई अर्थको स्वीकृति प्राप्त भएसँगै कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्रालयमा पठाइएको छ ।

अहिले सेवा प्रदायक र नियामक निकाय एउटै संस्थाले गर्दा काम प्रभावकारी हुन नसकेको भन्दै आलोचना भइरहेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीपसाद पाण्डेले यो विधेयकलाई तीव्रताका साथ अगाडि बढाउन भूमिका खेलेका छन् ।

कानुन मन्त्रालयबाट सहमति पाएपछि यो विधेयक मन्त्रिपरिषद् हुँदै संसदमा जानेछ । यसबारे मन्त्री पाण्डेले पूर्व पर्यटनमन्त्री र सम्बन्धित सरोकारवालासँग छलफल गर्नुका साथै सर्वसाधारणसँग सुझाव पनि मागेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?