+
+

कोशीमा कांग्रेसको सरकार यात्रा अझै ढिलाइ

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १३ गते १९:२४

१३ भदौ, विराटनगर । कोशीमा सरकारमा सहभागी नहुँदै नेपाली कांग्रेस प्रदेशसभा बैठक हलमा सत्तापक्षको बेञ्चमा बस्ने भएको छ ।

कांग्रेसभित्र मन्त्री नपठाई सत्तापक्षको कुर्सीमा बस्ने कि नबस्ने भन्ने विवाद थियो । तर बिहीबारको कार्यव्यवस्था परामर्श समितिको बैठकमा नेपाली कांग्रेसले सत्ता पक्षमा बस्ने जानकारी गराएको छ ।

‘नेपाली कांग्रेसले सत्तापक्षमा बस्ने र माओवादी केन्द्रले प्रतिपक्षमा बस्ने जानकारी गराएको छ’, प्रदेशसभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलीले भने,‘ हामी त्यही अनुसार सिट एरेन्ज गर्छौ।’

१२ साउनमा एमालेसँगको सहमतिपछि कांग्रेसले दुई दिनभित्रै सरकारमा सहभागी हुने बताएके थियो । तर आन्तरिक भागबण्डा मिलाउन नसकेपछि सरकारमा सहभागी भएको छैन ।

भागबण्डा मिलाउन कांग्रेसले मन्त्रालय संख्या थप गर्न प्रयास गरेको थियो । तर मन्त्रालय संख्या थप नहुने र आफूले चार वटा मन्त्रालय मात्र पाउने भएपछि भागबण्डा मिलाउन नसकेर सरकारमा जाने भाका सारिरहेको छ । कांग्रेस संसदीय दलका नेता उद्धव थापाले १६ भदौमा बस्ने पार्टीको केन्द्रीय समिति बैठकपछि मात्र सरकारमा सहभागी हुने बताए ।

सरकारलाई समर्थन गरेका कारण शुक्रबारको प्रदेशसभा बैठकमा सत्ता पक्षमा बस्ने कांग्रेस संसदीय दलको नेता उद्धव थापाले जानकारी दिए ।

तीन वटा विधेयक

कोशी प्रदेशसभा सचिवालयमा तीन वटा विधेयक दर्ता छन् । बिहीबारको बैठकमा तीनवटा विधेयक प्रदेशसभामा टेबल हुनेछ ।

प्रदेशसभाका सचिव गोपालप्रसाद पराजुलीका अनुसार प्रदेश निजामती ऐन २०७९ लाई संशोधन गर्न बनेको विधेयक, केही प्रदेश ऐनको साविकको व्यवस्था जगाउने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रदेश कृषि व्यवसाय प्रवद्र्धन अनुदान ऐन २०७७ लाई संशोधन गर्न बनेको विधेयक संसदमा दर्ता भएको छ ।

सबैभन्दा पहिला प्रदेश निजामती सेवा ऐन २०७९ लाई संशोधन गर्न बनेको ऐन पास गर्ने दलहरुको तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?