+

प्रदेशका खेलाडीहरुलाई पनि तलब दिने क्रिकेट संघको निर्णय

२०८१ भदौ  १३ गते १९:३७ २०८१ भदौ १३ गते १९:३७
प्रदेशका खेलाडीहरुलाई पनि तलब दिने क्रिकेट संघको निर्णय

१३ भदौ, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले प्रदेशका खेलाडीहरुलाई पनि मासिक तलब दिने भएको छ ।

क्यान कार्यसमितिको बिहीबार बसेको बैठकले हरेक प्रदेशका २ महिला र ३ पुरुष गरी ५ जना खेलाडीलाई मासिक १५ हजार तलब पदने निर्णय गरेको हो । खेलाडीहरुको पारिश्रमिक बापतको रकम प्रदेशहरुमा पठाइनेछ र प्रदेश क्रिकेट संघले खेलाडीहरुलाई सम्झौता गर्नेछ ।

यो निर्णयअनुसार हुने सम्झौता सेप्टेम्बर १ देखि एक वर्षसम्म लागू हुनेछ ।

हाल राष्ट्रिय टिममा रहेका खेलाडीहरुलाई सेन्ट्र‍ल कन्ट्याक्ट गरिएको छ । ए ग्रेडमा रहेका खेलाडीहरुले मासिक एक लाख रुपैयाँ पाउने छन् ।

पछिल्लो पटक हरेक प्रदेशबाट एकएक जनालाई समेत सेन्ट्राल कन्ट्याक्टमा राखिएको थियो ।

नेपाल क्रिकेट संघ
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय