+
+

शिक्षालाई रोजगारीसँग जोड्न सरोकारवालाको जोड

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १३ गते १४:४२

१३ भदौ, काठमाडौं । शिक्षालाई रोजगारीसँग जोड्न सरोकारवालाले जोड दिएका छन् ।

नेपाल उद्योग परिसंघ, होटल संघ नेपाल र नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालको संयुक्त आयोजनामा शिक्षा र रोजगारीबीचको अन्तरसम्बन्ध विषयक राष्ट्रिय सेमिनारमा बोल्दै सरोकारवालाले यस्तो बताएका हुन् ।

कार्यक्रममा सहभागीले शिक्षा र रोजगारी बीचको सम्बन्धलाई थप मजबुत बनाउँदै नेपाली युवालाई रोजगारमूलक सिप प्रदान गरी रोजगारीका लागि योग्य बनाउने विषयमा जोड दिए ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले शिक्षा, व्यवसाय र श्रमलाई जोड्ने गरी नीतिहरू बनाइनुपर्ने बताइन् । २०४५ सालमा स्थापना भएको सीटीईभीटी २०८१ सालमा आइपुग्दा पनि २०४५ सालकै नीति अनुरूप चलिरहेको उनको भनाइ छ । कम्तीमा पनि सीटीईभीटीको पाठ्यक्रम र पुनर्संरचनामा सुधार गर्नुपर्नेमा उनको जोड थियो ।

कार्यक्रमका मुख्य वक्ता चेयर अफ एजुकेसन सिस्टम ईटीएच ज्युरिकका प्रोफेसर डा. उर्सुला रेनोल्डस्ले संघीय संरचनामा औद्योगिक क्षेत्र प्राथमिकतामा हुनुपर्ने र शिक्षा प्रणालीले उद्योगले चाहेको जनशक्ति उत्पादन गर्ने सुनिश्चितता गर्नुपर्नेमा जोड दिइन् ।

नेपाल उद्योग परिसंघका उपाध्यक्ष वीरेन्द्रराज पाण्डेले मुलुकमा सिपको ठूलो अभाव रहेको बताए ।

उद्योगहरूले दक्ष जनशक्ति पाउन संघर्ष गरिरहेको भन्दै उनले दक्ष जनशक्ति विकासका लागि शिक्षा र रोजगारी प्रणालीबीचको बेमेललाई कम गर्दै लैजानुपर्नेमा जोड दिए ।

स्विस दूतावासका डेप्युटी हेड अफ मिसन/चार्जे डी अफेयर्स माथियास मेइरले स्विटजरल्यान्डले ड्वेल–भेट औद्योगिक प्रशिक्षार्थी प्रशिक्षण कार्यक्रमलाई नेपालमा विगत एक वर्षभन्दा लामो समयदेखि प्रवर्धन गर्दै आइरहेको जानकारी दिए ।

यसैगरि सीटीईभीटीका सदस्य–सचिव महेश भट्टराई, होटल संघ नेपालका अध्यक्ष विनायक शाह, नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालका अध्यक्ष करण चौधरीले सिपयुक्त जनशक्ती बनाउन नेपाली युवालाई शिक्षा र रोजगारीसँग जोड्नुपर्ने आवश्यकता औंल्याए ।

कार्यक्रममा होटल व्यवस्थापन तथा अटोमोबाइल औद्योगिक प्रशिक्षण प्रि–डिप्लोमा कार्यक्रमका प्रशिक्षार्थीबीच सिप प्रतिस्पर्धा समेत आयोजना गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?