+
+

यती एयरलाइन्समा बढे यात्रु

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १३ गते १२:५१

१३ भदौ, काठमाडौं । यती एयरलाइन्समा यात्रा गर्नेको संख्या उल्लेख्य बढेको छ ।

२०२४ जनवरीदेखि जुलाईसम्मको तथ्यांक अनुसार ५ लाख २ सय ३० यात्रुले यती एयरलाइन्स प्रयोग गरेका थिए । यो गत वर्षको सोही अवधिको तुलनामा १ लाख १२ हजार ४६ ले बढी हो । गत वर्ष सोही अवधिमा ३ लाख ८८ हजार १८४ जनाले यती एयरलाइन्सबाट यात्रा गरेका थिए ।

यती एयरलाइन्समा यात्रा गर्ने विदेशी यात्रुको संख्या १०५ प्रतिशतले बढेको र पोखरा सेक्टरमा सबैभन्दा धेरै यात्रुले उडान गरेको एयरलाइन्सले जनाएको छ ।

‘एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडलाई पार्टनरको रूपमा भित्र्याएसँगै गत माघमा २ वटा एटीआर–७२ जहाज थप्यौं । जहाज थपेसँगै उडान सेवालाई थप सुरक्षित बनाउँदै सबै गन्तव्यहरूमा उडान संख्या पनि बढाएका हौं । यात्रुको संख्या वृद्धिले निकै उत्साहित भएका छौं,’ एयरलाइन्सका चिफ बिजनेस अफिसर युवराज विष्टले भने ।

आक्रामक ढंगले बजार विस्तार गर्ने योजनामा रहेको भन्दै उनले हवाई यात्रा सुरक्षित बनाउनुका साथै यात्रालाई आरामदायी बनाउने उद्देश्यले गत जुनदेखि यात्रुलाई चकलेट, पिनट्स र जुस पनि प्रदान गरिरहेका बताए ।

हाल यती एयरलाइन्सका ७ वटा एटीआर जहाजहरू रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?