+
+

चलचित्र विकास बोर्डको अध्यक्षमा दिनेश डिसी नियुक्त

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १३ गते २०:३३

१३ भदौ, काठमाडौं। चलचित्र विकास बोर्डको अध्यक्षमा दिनेशराज दाहाल (दिनेश डिसी) नियुक्त भएका छन् । मन्त्रिपरिषद्को बिहीबारको बैठकले उनलाई बोर्ड अध्यक्षमा नियुक्त गरेको एक मन्त्रीले बताए ।

फिल्म निर्देशक, अभिनेता तथा सञ्चारकर्मी डिसी सत्तारुढ एमाले निकट जनपक्षीय चलचित्रकर्मी संघको अध्यक्ष समेत हुन् । उनी टेलिभिजन तथा रेडियो कार्यक्रमका निर्माता र प्रस्तोताको रुपमा चर्चित छन् ।

सन् १९९७ मा रिलिज भएको फिल्म ‘सुनचाँदी’बाट उनले फिल्म अभिनयमा डेब्यु गरेका थिए । उनले पछिल्लोपटक फिल्म ‘फूलैफूलको मौसम तिमीलाई’ निर्देशन गरेका थिए ।

चलचित्र निर्देशक समाजका पूर्वअध्यक्ष समेत रहेका डिसी फिल्म वृत्तमा सक्रिय फिल्ममेकर हुन् । उनले वर्षेनी फिल्म अवार्डको समेत आयोजना गर्दै आइरहेका छन् ।

चलचित्र विकास बोर्डको अध्यक्षको रुपमा आवेदन दिंदै उनले फिल्म बजार विस्तार गर्ने, बक्स अफिसलाई सुचारु गर्ने, नेपाली फिल्मको अन्तर्राष्ट्रियकरणमा कार्य गर्ने अनलाइनखबरलाई बताएका थिए ।

निवर्तमान अध्यक्ष भुवन केसीको कार्यकाल सकिएपछि बोर्डको अध्यक्ष पद रिक्त थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?