+
+

संसद्‌मा चलिरहेको तिक्तताको सर्जक प्रचण्ड हुन् : शंकर पोखरेल

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १३ गते २०:५४

१३ भदौ, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले संसद्‌मा चलिरहेको तिक्ततापूर्ण बहसको सर्जक माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भएको बताएका छन् ।

सामाजिक सञ्जाल मार्फत महासचिव पोखरेलले प्रचण्डले गलत र कुण्ठाग्रस्त अभिव्यक्ति दिएकाले त्यसको प्रतिवाद सत्तापक्षबाट भइरहेको स्पष्टोक्ति दिएका छन् ।

‘विपक्षी दलको नेताका रुपमा संसदीय अभ्यास र प्रचलन विपरीत नयाँ सरकार गठन भएको सय दिन नपुग्दै प्रधानमन्त्री र नयाँ समीकरणका विरुद्धमा उनले दिएको अराजनीतिक र असंसदीय अभिव्यक्ति नै आजको द्वन्द्वको कारण हो’ उनले लेखेका छन्, ‘प्रचण्डको गलत र कुण्ठाग्रस्त अभिव्यक्तिको प्रतिवाद सत्ता पक्षबाट हुनु स्वाभाविक नै हो । त्यसबाट माओवादीका मित्रहरु धेरै उद्वेलित हुनुपर्दैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?