+
+

भेनिसको वर्ल्ड प्रिमियरमा ‘पूजा, सर’लाई १० मिनेटको ‘स्ट्यान्डिङ ओभेसन’

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १३ गते २०:३०

काठमाडौं । दीपक रौनियार निर्देशित फिल्म ‘पूजा, सर’ विश्वप्रसिद्ध भेनिस फिल्म फेस्टिभलमा वर्ल्ड प्रिमियर भएको छ । नेपाली समयानुसार विहिबार बेलुका भेनिसको खचाखच हलमा फिल्म स्क्रिनिङ गरिएको हो ।

प्रिमियरमा सहभागि हुन अमेरिकादेखि इटाली पुगेका कार्यकारी निर्माता पूर्णसिंह बराइलीले फिल्मले प्रिमियरमा उत्साहजनक प्रतिक्रिया प्राप्त गरेको बताए । उनका अनुसार दर्शकले फिल्मलाई १० मिनेट लामो ‘स्ट्यान्डिङ ओभेसन’ दिएका थिए ।

‘मैले पनि पहिलोपटक हेर्ने मौका पाएँ । नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय रुपमा चिनाउने दस्तावेज बनेको रहेछ’ भेनिसबाट उनले अनलाइनखबरसँग भने, ‘फिल्मपछि दर्शक निकै भावुक भए । कथासँग उनीहरु जोडिए ।’

प्राप्त भिडियो र तस्वीरमा फिल्म हेर्न दर्शकको घुइँचो लागेको देख्न सकिन्छ । स्क्रिनिङपछि निर्देशक रौनियार, अभिनेत्री आशा मगराती र ऋचा शर्माले दर्शकसँग प्रश्नोत्तर गरे । यतिबेला फिल्मको कास्ट एण्ड क्रू भेनिसमा छ । फेस्टिभलको ओरिजोन्टी विधामा फिल्म छनोट भएको हो ।

यो फिल्मको निर्माण आदि फिल्म्सका लागि रौनियार र मगराती, बासुरी फिल्म्सका लागि रामबाबु गुरुङ र तन्हाउसर गेटका लागि एलन आर मिलिगनले गरेका हुन् ।

‘हाइवे’ र ‘ह्वाइट सन्’पछि निर्देशक रौनियारको यो तेस्रो कथानक फिल्म हो । फिल्ममा आशासहित पूर्वमिस नेपाल निकिता चाण्डक, दयाहाङ राई, ऋचा शर्मा, पुष्पा यादव, विजय बराल, गौमाया गुरुङ, आरती मण्डल, घनश्याम मिश्र, परमेश्वरकुमार झा, पशुपति राई र नीरज श्रेष्ठको पनि अभिनय छ ।

सांसदको छोरासहितका दुई बालक अपहरणमा परेपछि उनीहरुलाई मुक्त गराउन प्रहरीले चालेको खोजी अप्रेसनको कथामा फिल्म बनेको छ ।

११ दिन लामो फेस्टिभल बुधबारदेखि इटालीमा सुरु भएको छ । भेनिसको यो ८१ औं संस्करणमा टोड फिलिप्सको ‘जोकर : फोली ए ड्युक्स’, पाब्लो लरेनको एन्जेलिना जोली स्टारर ‘मारिया’, किडम्यान र ह्यारिस डिकिन्सन अभिनित ‘बेबीगर्ल’, लुका गुआडाग्निनोको ‘क्वियर’, क्रेग र जेसन श्वार्ट्जम्यानको पहिलो अंग्रेजी भाषाको फिल्म ‘द रुम नेक्स्ट डोर’ पनि प्रिमियर तयारीमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?