+
+

राप्रपाको केन्द्रीय सल्लाहकार समितिको बैठक बस्दै

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १४ गते ६:२६
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन

१४ भदौ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय सल्लाहकार समितिको बैठक आज बस्दै छ । आज बिहान साढे ९ बजे धुम्बाराहीस्थित एसआर बैङ्क्वेटमा बैठक बस्न लागेको हो ।

राप्रपाका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले बैठक उद्घाटन गर्ने र पार्टीले लिएका नीतिहरूका बारेमा सल्लाकारहरूले आफ्नो धारणा राख्ने राप्रपाका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिए । प्रवक्ता श्रेष्ठका अनुसार ३४ वर्षको इतिहासमा यो बैठक पहिलोपटक बस्न लागेको हो ।

उद्घाटन सत्रपछि राप्रपाको सल्लाहकार समितिका अध्यक्ष निरञ्जन थापाले कार्यपत्र पेश गर्ने छन्। कार्यपत्रमाथि बैठकमा सहभागी सल्लाहकार समितिका सदस्यहरूले छलफल गरेर पार्टीलाई सल्लाह दिने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?