+

रियल मड्रिड फेरि बराबरीमा रोकियो

२०८१ भदौ  १४ गते ८:४८ २०८१ भदौ १४ गते ८:४८
रियल मड्रिड फेरि बराबरीमा रोकियो

१४ भदौ, काठमाडौं । स्पानिस ला लिगाको साविक विजेता रियल मड्रिड फेरि बराबरीमा रोकिएको छ ।

भिनिसियस जुनियरले दोस्रो हाफमा गरेको पेनाल्टी गोल मद्दतमा रियलले लस पाल्मसँग १-१ को बराबरी खेलेको हो ।

रियलले सुरुमा पछि परे पनि पुनरागमन बराबरी गरेको हो ।

खेलको पाँचौ मिनेटमै अल्बर्टो मोलेइरोले गोल गर्दै घरेलु टोली लस पाल्मसलाई अग्रता दिलाएका थिए । तर दोस्रो हाफमा लस पाल्मसले त्यसलाई जोगाउन सकेन ।

केलिएन एमबाप्पेलाई भित्र्याएर टिम बलियो बनाएको रियलले मैदानमा त्यो अनुसारको प्रदर्शन देखाउन सकेको छैन । एमबाप्पेले लिगमा गोल गर्न सकेका छैनन् ।

नयाँ सिजन रियलको यो दोस्रो बराबरी हो । तीन खेलबाट ५ अंक जोडेको रियल पाँचौ स्थानमा छ । छिमेकी एट्लेटिको मड्रिडको पनि समान ५ अंक भए पनि रियल अंक तालिकामा पछि छ ।

यस सिजन तीन खेल खेल्दा शतप्रतिशत जित निकालेको बार्सिलोना ९ अंकसहित शीर्ष स्थानमा छ । भियारियाल ७ अंकसहित दोस्रो र सेल्टाभिगो ६ अंकसहित तेस्रो स्थानमा छ ।

रियल मड्रिड स्पानिस ला लिगा
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय