+

पेरिस पारा ओलम्पिक : पलेशाबाट पदकको आश

२०८१ भदौ  १४ गते ८:५४ २०८१ भदौ १४ गते ८:५४

यस पटक पलेशा छनोट चरण पार गरेर पारा ओलम्पिक पुगेकाले उनीबाट नेपालले पदकको आश गरेको छ ।

पेरिस पारा ओलम्पिक : पलेशाबाट पदकको आश

१४ भदौ, काठमाडौं । नेपाली पारा तेक्वान्दो खेलाडी पलेशा गोबर्धनले पेरिस पारा ओलम्पिकमा आफ्नो पहिलो खेल आज खेल्दैछनि ।

के–४४ क्याटगोरी अन्तरग्त महिला ५७ केजी मुनि पलेशाले पहिलो चरणमा भेनेन्जुएलाकी भलेरिया मोराल्स विरुद्ध प्रतिस्पर्धा गर्नेछन् । पेरिसस्थित ग्रान्ड पेलेसमा हुने खेल नेपाली समय अनुसार दिउँसो सवा १ बजे सुरु हुनेछ ।

यस खेलको विजताले क्वाटरफाइनलमा ब्राजिलियन मायारा सिल्भाना फर्नान्डेजसँग खेल्नेछ । फर्नान्डेज बाई पाउँदै सिधै क्वाटरफाइनल पुगेकी हुन् ।

पारा तेक्वान्दोकै अर्का खेलाती भरत सिंह महता भने के–४४ क्याटगोरी अन्तर्गत पुरुष ५८ केजी मुनि पहिलो खेलमै बिहीबार जापानका मित्सुया तानाकासँग पराजित भए । उनी वाइल्ड कार्ड मार्फत पहिलो पटक ओलम्पिक खेलेका हुन् ।

यस पटक पलेशा छनोट चरण पार गरेर पारा ओलम्पिक पुगेकाले उनीबाट नेपालले पदकको आश गरेको छ ।

गत चैतमा चीनको ताइयानमा भएको पारालिम्पिकको एसियाली छनोट प्रतियोगितामा स्वर्ण जित्दै पेरिस पारालिम्पिकमा सहभागिता निश्चित गरेकी थिइन् । छनोट चरण पार गर्दै पारालिम्पिक खेल्ने पलेशा पहिलो नेपाली खेलाडी हुन् । पलेशा १९ औं एसियाली खेलकुदकी पनि ऐतिहासिक कांस्य पदक विजेता हुन् ।

साथै उनीसँग यसअघि टोकियो पारा ओलम्पिक पनि खेलेको अनुभव छ । जहाँ उनी कांस्य पदकको लागि भएकी खेलमा चिनियाँ खेलाडीसँग पराजित भएकी थिइन् ।

नेपाली पारा तेक्वान्दो टोली इङल्यान्डको म्याचेस्टरमा एक महिनाको प्रशिक्षणपछि पेरिस पुगेको थियो ।

पारा तेक्वान्दो बाहेक पेरिस पारा ओलम्पिकमा नेपालबाट पारा पौडीका भीमबहादुर कुमालले पनि प्रतिस्पर्धा गर्दै छन् । उनले पुरुष ५० मिटर फ्रिस्टायलमा प्रतिस्पर्धा गर्नेछन् ।

 

पलेशा गोबर्धन पेरिस पारा ओलम्पिक
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय