+
+

कोशी प्रदेशसभा बैठक दुई महिनापछि आज बस्दै

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १४ गते ९:०५

१४ भदौ, विराटनगर । स्थगित भएको दुई महिनापछि कोशी प्रदेशसभाको बैठक आज बस्दैछ । ८ असारमा बजेट पास भएपछि स्थगित भएको बैठक आज दिउँसो १ बजे बस्ने छ ।

यो दुई महिनाको अवधिमा प्रदेशको सत्तासमीकरण परिवर्तन भइसकेको छ । ८ असारको बैठकमा प्रतिपक्षमा बसेको नेपाली कांग्रेस आजको बैठकमा सत्तापक्षमा बस्नेछ भने सत्तापक्षमा रहेको माओवादी केन्द्र प्रतिपक्षमा बस्नेछ ।

सरकारमा सहभागी हुने निर्णय गरे पनि कांग्रेसले मन्त्रीकाे नाम भन‍े पठाउन सकेकाे छैन । पूर्व सहमति अनुसार सत्तापक्षमा बस्ने र मन्त्रीको नाम केन्द्रीय समितिको बैठकपछि मात्रै पठाउने नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाले बताए ।

कोशी प्रदेशसभा सचिवालयमा ३ वटा विधेयक दर्ता छन् ।

प्रदेशसभाका सचिव गोपाल पराजुलीका अनुसार प्रदेश निजामती ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयक, केही प्रदेश ऐनको साविकको व्यवस्था जगाउने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश कृषि व्यवसाय प्रवर्द्धन अनुदान ऐन, २०७७ लाई संशोधन गर्न बनेको विधेयक प्रदेशसभामा छन्  ।

दलहरुको प्राथमिकतामा प्रदेश निजामती सेवा ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयक छ । यो ऐन संशोधनका लागि कर्मचारीले दलहरुलाई दबाब दिइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?